तीर्थालु बोकेको बस गण्डक नहरमा खस्दा ३९ को मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/07/accident_15.html
नवलपरासी,असार ३१ ।
भारतीय सिमा क्षेत्र झुलनीपुरबाट त्रिवेणीधाम आउँदै गरेको तीर्थालु बोकेको बस नवलपरासीको त्रिबेणी सुस्ता गाविस वडा नं ६ रानीनगरस्थित साईफन नजिकै गण्डक नहरमा खस्दा ३९ जनाको घटनास्थलमै ज्यान गएको छ । ज्यान जानेमा २८ पुरुष १० महिला र एक बालक रहेको प्रमुख जिल्ला अधिकारी बिर बहादुर राईले जानकारी दिनुभयो । त्रिबेणी प्रहरीका अनुसार लु १ ख २३५६ नम्बरको बसमा सवार यात्रुहरुमा मुत्यु हुने मध्ये ४ जना नेपाली माकर ९ पालडाडाका यसोदा जिसि, साहनी अन्सारी, महलबारीका शशि श्रेष्ठ, फेनराका ५ बर्षका गफोर अन्सारी बालक रहनु भएको छ ।
त्यस्तै अरु भारतीय नागरिक भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १४ जना घाईते भएका छन् । घाईतेको सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अत्याधुनिक यात्रु भएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । टिकट काउन्टरबाट ३६ जनाले टिकट लिएपनि बिच बाटोबाट धेरै यात्रु राखेको हुनाले यात्रुको एकिन विवरण आउन सकिरहेको छैन । बस नहरमा खस्दा यात्रुहरुको उद्धारमा कठिनाई भएपछि गण्डक नहरको पानीको बन्द गरेर यात्रुहरुको उद्धार कार्य थालिएको छ । नहरमा पानी भएका कारण उद्धारमा कठिनाई भएपछि नहर बन्द गरिएको हो ।
भारतको उत्तर प्रदेश सिचाईका लागि लगिएको मुख्य पश्चिमीनहरमा बस खसेकाले केही बनाएर गण्डक सुरजपुरा पावर लगेको आशंकामा खोजी कार्य जारी रहेको छ । गम्भीर घाईते भएकाहरुको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका लगिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रबहादुर राईले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !