काम परिणाम मुखी हुनुपरो


पोष्टराज पहाडी,सिन्धुली,साउन १ । जुन सुकै संघ संस्थाले सञ्चालन गर्ने कुनै पनि काम पनि परिणाम मुखी हुनपर्नेमा  एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । गरिवी निवारण कोषद्धारा जिल्लाका विभिन्न संघ संस्थामार्फत सिन्धुली जिल्लामा सञ्चालित कार्यक्रमको वार्षीक समिक्षा कार्यक्रमका उपस्थित सहभागीहरुले कुनै पनि काम गर्दा नाफा मुखी हुनु भन्दा पनि कामबाट लक्षित वर्गले के–कस्तो उपलब्धि हात पारे र त्यसबाट कतिको दिगोपना हुन्छ त्यसको मूल्याङ्न गरि सोहि अनुरुपको कार्यक्रमहरु जनतासामु लैजानु पर्ने बताएका छन् ।
एकिकृत नेकपा माओवादीका राजन दाहालका अनुसार संघ संस्थाद्धारा सञ्चाचलित कार्यक्रमबाट  मुरी लगाएर मानो भित्र्याउने कार्य भएको छ । उहाँ हरुको भनाई छ प्राय जसो काम कार्वाहि हेर्ने हो भने प्राय जसो संघ सस्थाले गरेका काममा मुरी लगानी हुन्छ तर मानो भित्र्याउने गरिएको छ, यसरी लक्षित वर्ग उक्सिनुको साटो झन डुब्दै गएको छ ।’ जनताको  इच्छा शक्ति र मनोविज्ञान नबुझी दिइएका तालिमले कुनै पनि उपलब्धि हासील नहुने उहाँको बुझाई छ । साथै कोटा र भत्ता मुखी उदेश्य राखेर सञ्चालन गरिएका कार्यक्रमहरु परिणाम मुखी नहुने धारणा राखें  । उहाँले समाजसँग मेल खाने गरि बनाइएका योजनाले गरेको कामको राम्रो परिणाम आउने बताउनुभयो । 
त्यस्तै नेकपा एमालेका सचिव प्रल्हाद पोखरेलको पनि संघ संस्थाले  गरेका कार्यक्रमले लक्षित वर्गलाई माछा मार्न सिकाउने काम भएको तर खोलो देखाउने काम नभएको तर्क छ । उनका अनुसार लक्षित वर्गलाई बाख्रा, भैसी प्रदान गर्ने तर तिनीहरुलाई कसरी हुर्काउने तथा आबश्यकीय उपचार नसिकाउदा र सो को व्यवस्था नहुदा त्यसखालका योजनाको उपलब्धि नहुने विश्वास छ । उहाँले लक्षित वर्गलाई प्रदान गरिएका भैसी बाख्राहरु उन्नत खालको हुनुपर्ने बताउनुभयो । 
त्यसैगरि गैर सरकारी संस्था महासंघ सिन्धुलीका अध्यक्ष सन्जय दाहाल सञ्चालित  योजनाहरु परिणाम मुखी हुनुपर्ने बताउछन् । उहाँका अनुसार एक संस्थाले गरेका कार्यक्रममा सोहि स्थानमा अर्को संस्थाले पनि एकै प्रकार कार्यक्रम सञ्चालन गरिदिदा एकै परिवारमा डुप्लीकेसन भई लक्ष्य अनुरुप उपलब्धि हुदैन् । दाहाल हरेक संघ संस्थाले कार्यक्रम सञ्चालन गर्दा  परिणाम मुखी बनाउनु पर्ने बताउछन् ।  

यता प्रमुख जिल्ला अधिकारी बेणी माधव ज्ञवाली पनि संघ संस्थाले सञ्चालन गरेका कार्यक्रमहरु प्राय जसो तालिम मुखी मात्रै भएको र त्यसलाई व्यवसायी र आय आर्जन मुलक बनाउनु पर्ने बताउछन् । उहाँ भन्नुहुन्छ  कार्यक्रम तालिम मुखी भन्दा पनि परिणाम मुखी हुन पर्दछ ।’ ज्ञवालीका अनुसार ३ दिने तालिमहरु १ दिनमा मात्र सिमीत राखी भत्ता बाड्ने गरेको, भौतिक संरचना निर्माण कार्य सम्पन्न गरेको केहि महिनामै भत्कीने गुनासो आउने गरेको छ । आगामी दिनहरुमा सञ्चलित हुने जुन कुनै योजनाहरु पनि उपलब्धि मुलक हुनुपर्ने भनाई छ ज्ञवालीको । उहाँले लक्षित वर्ग मध्ये पनि सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सक्ने जनशक्तिको छनौट गरि कार्यक्रम लागु गरे मात्र गरेका काम कार्वाहि परिणाम मुखी आउछन् । 

वार्षीक समिक्षा कार्यक्रममा जिल्लामा गरिबी निवारण कोष मार्फत कार्यक्रम सञ्चालन गर्ने १० गैर सरकारी संस्थाले गरेका कामको लक्ष्य र उपलब्धिका बारेमा जानकारी गराइएको थियो । हाल जिल्लामा गरिवी निवारण कोषमार्फत सिन्धुली एकिकृत विकास सेवा नेपाल, सामुदायीक विकास कार्यक्रम सिन्धुली, स्थानिय विकास कोष सिन्धुली, दलित सेवा संघ सिन्धुली, ग्रामीण विकास समाज सिन्धुली, ग्रामिण विकास सेवा नेपाल, सिन्धुलीगढी सेवा प्रतिष्ठान सिन्धुली, ग्रामिण महिला चेतना केन्द्र सिन्धुली, दियालो परिवार फिल्ड अफिस सिन्धुली, आस्था नेपाल सिन्धुलीले कार्यक्रम गर्दै आएका छन् ।   

Related

स्थानिय 2304950104605984742

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item