सिन्धुलीमा ६० प्रतिशत रोपाई सकियो


 मिनकुमार दाहाल,सिन्धुली,साउन १ ।

 समयमा पानी नपरेको कारण असारको महिना वितिसक्दा पनि सिन्धुली जिल्लामा साठ्ठि प्रतिशत मात्रै धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । समयमै पानी परेकाले गत वर्ष असार महिनामा  असि प्रतिशत धान खेतमा रोपाई भएको जिल्ला कृषि विकास कार्यालयका वालीसंरक्षण अधिकृत देवराज अधिकारीले बताउनुभयो । जिल्लामा  १४ सय २ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको वाली संरक्षण अधिकृत अधिकारीले जानकारी दिनुभयो  । सिन्धुली जिल्लामा मुख्य गरि सावित्री, हर्दिनाथ, मन्सुली, रामधाम जातका धानहरु लगाइने गरेको छ । कमलामाई नगरपालीका–५ का कृषक रामेश्वर पाण्डेले समयमै रासायनिक मल र पर्याप्त पानी नहुँदा रोपाई गर्न समस्या भएको बताउनुयभो । 
फाईल तस्विर  

गत वर्ष असारको १५ सम्ममा रोपाई गरि सकिन्थ्यो पाण्डेले भन्नुभयो । त्यसै गरी कनपा–५ कै डोरप्रसाद ढुङ्गेलले असार महिना सक्कीन लाग्दासम्म खेतमा एक गाभो धान रोप्न नभएको वताउनुभयो । ‘रोपाइँ गर्दा खेतमा प्रयोग गर्ने रासायनिक मल पनि हामीले पाएनौं । धान रोप्न पानी पनि छैन’ ढुङ्गेलले दःुखेसो पाख्नुभयो  । सावित्री धान असार महिनामा भित्र रोप्न नसके उत्पादनमा कमि आउने उहाँको भनाई छ ।
समयमा पानी नपर्दा सन्तोष जनक रोपाई नभएको अधिकृत अधिकारीले वताउनुभयो  । समयमै रासायनिक मल उपलव्ध हुन नसक्नु र पानी नपरेको कारण कृषकले समयमा धान रोप्न नपाउँदा धान उत्पादनमा कमि आउने सक्ने आशंका कृषि विकास कार्यालयले गरेको छ । खेतीको समयमा कृषकहरुले रासायनिक मल पाउन छाडेपछि जिल्ला कृषि विकास कार्यालयले रासायनिक मलमा भर नपर्न कृषकहरुलाई आग्रह गरेको छ । कृषकहरुले आफैले तयार गर्न सक्ने गोठे मल र कम्पोष्ट मल उत्पादन गरी खेत वारीमा प्रयोग गर्न सो कार्यालयका वाली संरक्षण अधिकृत अधिकारीले कृषकहरुलाई आग्रह गर्नुभयो  ।

Related

स्थानिय 254309869968346829

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item