कृष्णभिरबाट त्रिशूलीमा बस खस्दा छको मृत्यु, चौबीस बेपत्ता

http://sindhulidarpan.blogspot.com/2012/07/news_16.html
गजुरी, साउन १ । पृथ्वीराजमार्गअन्तर्गत धादिङ धुषा गाविस–१ कृष्णभिरबाट एक यात्रुवाहक बस आज बिहान त्रिशूली नदीमा खस्दा छजनाको मृत्यु भएको छ भने २४ जनाभन्दा बढी बेपत्ता भएका छन् । उदयपुरको कटारीबाट काठमाडौँतर्फ आउँदै गरेको ना२ख ४९५१ नम्बरको यात्रुुवाहक बस सडकबाट त्रिशूलीमा खस्दा सो दुुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
घटना भएलगत्तै स्थानीय आकस्मिक उद्धारकर्ताले एक महिला, एक बच्चा र चार पुरुषको लास निकालेका छन् भने २० घाइतेको उद्धार गरी मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचारका लागि पठाएको स्थानीय राममणि थपलियाले जानकारी दिए । खचाखच ५७ यात्रु बोकेर अत्यधिक गतिमा गुडेको गाडी सिमसिम पानी परिरहेका बेला ‘ब्रेक फेल’ भएर सडकबाट त्रिशूलीमा खसेको थियो । स्थानीय उद्धारकर्ता, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार भइरहेको छ । मृतकमध्ये उदयपुरका सुब्बा कार्की र धादिङका दीपकप्रसाद खनालको सनाखत भएको छ । बेपत्ताको खोजी भइरहेको भए पनि नदीमा पानीको मात्रा बढी भएकाले कठिनाइ भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद घिमिरेले बताए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !