आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

http://sindhulidarpan.blogspot.com/2012/07/budget_15.html
काठमाण्डौ,असार ३१ ।
त्यस्तै स्ववेच्छिक अवकासमा जाने माओवादी पूर्व लडाकूहरुका लागि ३ अर्ब ६९ करोड १३ लाख रुपियाँ विनियोजन गरिएको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुन अनन्तले तीन खाले अर्थनीतिलाई निरन्तरता दिने बताउनुभयो । आजै बिहान सरकारले मन्त्रिपरिषद्बाट एक तृतीयांश खर्चको बजेट अध्यादेशबाट ल्याउने निर्णय गरेर स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सरकारले आगामी आर्थिक वर्ष ०६९/०७० का लागि एक तृतीयांश बजेट आज सार्वजनिक गरेको छ । संसद नभएका अवस्थामा पूर्ण बजेट ल्याउन विपक्षी दलहरुले नदिएप्छि सरकारले अध्यादेशमार्फत आज बजेट सार्वजनिक गरेको हो । एक तृतीयांशमा नबढ्ने गरि चार महिनामा खर्च गर्न पाउने अधिकारसहित १ खर्ब ६१ अर्ब २ करोड ४८ लाखको रकम विनियोजन गरिएको छ । सरकारले साना ठूला योजनाले निरन्तरता पाउने बताएको छ । बजेटका चुनाव र सेना समायोजनका लागि ३/३ खर्ब बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने सुरुमै आदिवासी जनजाति, मधेसीलगायतका जातिको संरक्षणका लागि बहुसांस्कृतिक प्रतिष्ठान, पिछडिएका क्षेत्रका जनतालाई बिशेष भत्ता, छोरीलाई अंश सुनिश्चीत, सबैलाई स्वास्थ्य बिमा, बेरोजगारलाई कम्तीमा १ सय दिनको रोजगारी नभए ५० दिनको जस्ता कार्यक्रम विपक्षीका कारण ल्याउन नसकिएको बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !