बर्दिवासमा लागु औषधसहित तीनजना पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/07/drugs.html
बिदुर भट्टराई, महोत्तरी,साउन १३ ।
ईलाका प्रहरी कार्यालय बर्दिवासले हिजो साँझ तीनजनालाई लागु औषधसहित बर्दिवासको रातुपुलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा महेन्द्रनगर–२ का ३० वर्षीया रामप्रकाश महतो, धनुषा बटेश्वर–४ का ३० बर्षका दीपलाल साह, बरुण कुमार महतो पक्राउ रहेका छन् । पक्राउ पर्ने रामप्रकाशको साथबाट १५ बोतल कोरेक्स, ४० गोटा नाईट्रोशन ट्याबलेट र दिपलालको साथबाट ३० बोतल कोरेक्स, २० गोटा नाईट्रोभेट ट्याबलेट बरामत गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले प्रयोग गरेका ज ४ प ५५ ३९ नं को एउटा मोटरसाईकल र २ बटा साईकलसमेत नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक बाबुराजा खड्काले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई अहिले ईलाका प्रहरी कार्यालय बर्दिसमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !