वितिजोर धुवा मुक्त गाविस
http://sindhulidarpan.blogspot.com/2012/07/i_02.html
सिन्धुली,असार १८ ।
जनकपुर अञ्चलमै पहिलो पटक सिन्धुलीको वितिजोर गाविसलाई ‘घरभित्र धुँवा मुक्त गाविस घोषणा गरिएको छ । सिन्धुलीको उत्तरी भेगको दुर्गम बितिजोर गाविसको सबै घरधुरीमा सुधारिएको चुल्हो बनाईसकेपछि औपचारिक कार्यक्रमको आयोजना गरेर यस्तो घोषणा गरिएको हो । सुधारिएको चुल्हो प्रयोगमा ल्याउन थालेपछि महिला र बालबालिकाको स्वास्थ्य स्थितिमा समेत उल्लेख्य सुधार आएको उप–स्वास्थ्य चौकीका अनमी कृष्णकुमारी कार्की वताउनुहुन्छ । ‘विगतमा महिला र बच्चाहरुलाई स्वासप्रस्वासको समस्या धेरै आउने गरेको थियो । अहिले ठ्याक्कै कमी भएको छ’, कृष्णले भन्नुभयो – ‘परम्परागत चुल्होको दाँजोमा सुधारिएकोबाट कम धुँवा निस्कने हँदा फोक्सोको रोग, निमोनिया, दम जस्ता रोगहरुको समस्या कम हुन थालेको छ ।’,
अभियानकै रुपमा बनाइएको सुधारिएको चुल्होले बितिजोर गाउँभरिका गृहिणीको कामकाजमा निक्कै सहयोग पु¥याउन थालेकोेछ । महिला स्थास्थ्य सेवीका कल्पना कार्कीलाई खाना पकाउन पहिले जस्तो पुरै एक भारी दाउरा चाँहिदैन, मात्र एक अङ्गालो भए पुग्छ । खाना पकाउन छिटो हुँदै गएकोछ र बचेखुचेको समयमा उनले अरु धन्दा गर्न पनि भ्याएकीछिन्, ‘धुँवाले लुगा कालो हुने डरले भान्सामा बस्दा राम्रो लुगा लगाउन पनि समस्या थियो । यो समस्या पनि हटेको छ’, उहाँले भन्नुभयो
सुधारिएको चुल्हो निर्माण गर्नका लागि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, उर्जा क्षेत्र सहयोग कार्यक्रमले स्रोत व्यवस्थापन तथा ग्रामीण शसक्तिकरण केन्द्र(रिमरेक) को सहयोगमा सिन्धुलीगढी सेवा प्रतिष्ठानले स्थानीय चुल्हो प्रवद्र्धकहरुलाई तालिम दिएको छ । यिनै प्रवद्र्धकहरुले गाउँभरि चुल्हो बनाइदिने गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !