सिन्धुलीवाट चल्ने यातायात संचालनमा समस्या
http://sindhulidarpan.blogspot.com/2012/07/i_3861.html
सिन्धुली,असार १८ । वर्षाद सुरु भए पछि सिन्धुली जिल्लाको खुर्कोट देखी उदयपुर जिल्लाको घुर्मी सम्मको पुष्पलाल मध्यपहाडी लोक मार्गमा यातायात संचालन गर्न कटिन वन्दै गएको छ । करोडौं खर्च गरेर नेपाल सरकारले वनाएको पुष्पलाल मध्यपहाडी लोक मार्गमा ग्राभेल नहुँदा पानी पर्न थालेपछि यातायात संचालन गर्न समस्या वनेको छ ।
काठमाडौंवाट सिधै पुष्पलाल मध्यपहाडी लोक मार्गहुँदै उदयपुरको घुर्मी,ओखलढुङ्गा,खोटाङ्ग र सोलुखुम्वु जिल्ला सम्म सानाठुला यातायातका साधनहरु सन्चालन हुने गरेका छन् । सडक निर्माण गर्ने क्रममा सडकको लेवल नमिलाई सडक निर्माण गरिएकोले पानी पर्न थालेपछि यातायात संचालन गर्न समस्या हुने गरेको यातायात व्यवसायीहरुले गुनासो छ ।
खुर्कोटवाट घुर्मी सम्मको सडकमा पानीले भरिएका खाडल र दबदबे हिलोको कारण यातायात संचालन गर्न निकै कठिन वन्दै गएको हो । यातायात व्यवसायी संघका केन्द्रीय सदस्य चुडामणि श्रेष्ठले सो सडक ग्राभेल नगरे यातायात संचालनमा समस्या आउने वताए ।
प्रमुख जिल्ला अधिकारी वेणिमाधव ज्ञवालीले पुष्पलाल मध्यपहाडी लोक मार्ग आयोजनालाई वर्षादको समयमा पनि यातायात सहज रुपले संचालन गर्न सडकमा ग्राभेल हाल्न दवाव दिने वताए ।
पुष्पला मध्यपहाडी लोक मार्ग ६२ किलोमिटर कच्ची सडक निर्माण पछि सिन्धुलीको पुर्वी भाग, रामेछाप,उदयपुर,ओखलढुङ्गा,खोटाङ्ग र सोलुखुम्वु जिल्लाका मानिसहरुको सजिल्यै राजधानी काठमाडौंवाटसँग पहुँच वढेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !