प्रधानमन्त्री भए, अहिलेका नेताहरूको जस्तो भाषणमा मात्र सीमित हुन्नँ – बिनिता बराल
http://sindhulidarpan.blogspot.com/2012/07/i_1704.html
सूचना प्रविधिले जो–कोहीलाई पनि तानेको छ । इन्टरनेट र ग्याजेट्सविनाको जीवन कल्पनासमेत गर्न नसकिने अवस्था छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै सेलिब्रिटीहरूलाई समेत ग्याजेट्स गफमा समावेश गराउने प्रयास गरेका छौँ । लिभिङ विथ आइसिटीको च्याटिङ विथ सेलिब्रेटी मा यसपटक चर्चित नायिका विनिता बराल | अझ धेरै कुरा थाहा पाउन असार अंकको लिभिङ विथ आइसिटी म्यागजिन हेर्नुहोला |
पहिलोपटक इन्टरनेटमा कुन वेबसाइट खोल्नुभयो ?
मैले पहिलोपटक सात कक्षामा पढ्दा २०५९ सालमा हटमेल खोलेको थिएँ ।
तपाईंले पहिलोपटक कहिले इमेल आइडी बनाउनुभयो र के हो ?
२०५९ सालमा नै जब पहिलोपटक इन्टरनेट खोले त्यतिवेला हटमेलको आइडी बनाएको थिएँ miss_binita@hotmail.com नै मेले पहिले इमेल आइडी हो ।
इन्टरनेटमा सबैभन्दा बढी खोल्ने वेबसाइट कुन हो ?
फेसबुक
गुगलमा सबैभन्दा धेरै के खोज्नुहुन्छ ?
विनिता बराललाई, म दिनमा धेरैपटक हेर्छु । के–कति अपडेट भएछ भनेर जान्न उत्सुकता लाग्छ ।
पहिलोपटक कति सालमा कुन मोबाइल प्रयोग गर्नुभयो ?
त्यही २०६३ सालमा नोकिया प्रयोग गरेको थिएँ । अहिलेजस्तो मोबाइलको सुलभता त्यतिवेला थिएन ।
अहिले तपाईं कस्ता ग्याजेट्स प्रयोग गर्नुहुन्छ ?
मसँग मात्र सामसुङको सेट छ । म ग्याजेट्समा त्यस्तो सोखिन छैन । मोबाइल फोनका लागि हो कुरा गर्न पाए पुग्यो ।
फेसबुक र ट्विटर कतिको प्रयोग गर्नुहुन्छ ?
फेसबुक र ट्विटर दुवै चलाउँछु, किन कि दुवैको महत्त्व बराबर छ ।
फेसबुकको सेलिब्रिटी पेज बनाउनुभएको छ, कति छन् फ्यानहरू ?
चपली गर्ल विनिता भनेर खोलेकी छु । १८ सय फ्यान छन् ।
तपाईंको विचारमा फेसबुक फेसन हो कि आवश्यक्ता ?
फेसबुक सामाजिक नेटवर्किङ साइट हो । अहिलेको व्यस्त जमानामा सबैलाई भेटेर कुरा गर्न सकिन्नँ । त्यसले गर्दा आवश्यकता हो । तर, अनावश्यक फोटो पोस्ट गर्ने र बेकम्मा कमेन्ट गरेको देख्दा भने फेसनजस्तो लाग्छ ।
तपाईंलाई आजभोलि प्रयोग गर्न मन लागेको कुनै ग्याजेट्स छ ? कुन हो ?
म ग्याजेट्समा खासै चासो राख्दिनँ । मलाई काम चल्ने भए सामान्य, सस्तो ग्याजेट्सले पनि काम चलाउँछु । अहिले त मसँग बहिनीको सेट छ । जे–चिज जुन कामका लागि हो । त्यो काम गरे पुग्यो । अनावश्यक ढोंग गरेर फूर्ती देखाउन मन पर्दैन ।
तपाईंको व्यक्तिगत वेबसाइट छ कि छैन ?
छैन । चाँडै बनाउँछु ।
इन्टरनेटविनाको जीवन कस्तो हुन्थ्यो होला ?
इन्टरनेटविनाको जीवन अब सायद कल्पना पनि गर्न सकिँदैन । हामी जहाँ छौँ त्यही थन्कन्छौँ ।
तपाईं प्रधानमन्त्री वा प्रविधिमन्त्री हुनुभयो भने तपाईंले आइटीको विकासका लागि गर्ने पहिलो काम के हुनेछ ?
त्यतिवेलाको अवस्था र परिस्थितिअनुसार देशको हरेक तह र तप्काका जनतालाई हित हुने किसिमको नियम, योजना र सहयोग गर्छु । आइटीसँग सम्बन्धित एक्सर्पटको विचार, राय र सल्लाहलाई अनुशरण गरेर काम गर्छु । तर, अहिलेका नेताहरूजस्तो भाषणमा मात्र सीमित हुन्नँ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !