कतारमा हुने अन्र्तराष्ट्रिय चलचित्र महोत्सव स्थगित

काठमाण्डौ,असार १७ ।
कतारमा हुने भनिएको अन्र्तराष्ट्रिय चलचित्र महोत्सव स्थगित भएको छ । कतारको दोहामा चलचित्र विकास वोर्डले आयोजन ागर्ने भनिएको महोत्सव नहुने भएको हो । आउदो भदौ ५ देखी ७ गतेसम्म हुने भनिएको थियो । नेपाली चलचित्रमा यौनजन्य सामाग्री वढ्दै गएको र अश्लिल चलचित्र बनेको विषयलाई लिएर कतार सरकारले नेपालको तर्फवाट आयोजना गर्ने लागिएको अन्तराष्ट्रिय चलचित्र महोत्सवलाई स्विकृती नदिएको चलचित्र विकास वोर्डका अध्यक्ष गणेश भण्डारीले वताउनुभयो ।

 कतार सरकारको आफ्नै नियम कानुनले हामीले गर्ने भनिएको महोत्सव कतारमा नहुने भएको हो भण्डारीले भन्नुभयो । कतार सरकार र गैरआवाशिय नेपालीसगँ सहकार्य गरेर कार्यक्रम आयोजन ागर्न लागेका थियौ तर कतारको कानुन कडा रहेछ उहाँले भन्नुभयो । ५ लाख नेपाली रहेको कतारमा महोत्सव आयोजना गर्न नपाउँदा ठुलो धक्का लागेको भण्डारी वताउनुहुन्छ । कतारमा चलचित्र महोत्सव हुन नसकेपनि दुवई या मलेशियामा चै महोत्सव आयोजना गर्नको लागी प्रक्रिया अघि वढाईएको भण्डारीको भनाई छ  । खेलकुद समाचार


Related

मनोरञ्जन 3138505082775808422

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item