"सिन्धुलीमा मल पाउनु युद्ध जितेजस्तै" (फोटो फिचर)
http://sindhulidarpan.blogspot.com/2012/07/i_1401.html
VIDEO
मल आए पनि कहिल्यै सहज रुपमा कृषकले मल पाउदैनन्
नबिनबाबु अधिकारी,सिन्धुली, असार १७ । सिन्धुलीमा आईतवार युरिया मल अमएपछि कृषकहरुले केही रहात महसुस गरेका छन् । युरिया, डिएपी र पोटास मल नपाएर हैरानी खेपेका कृषकहरुले मल आए पछि निकै रहात महसुस गरेका हुन् । लामो समय पछि सिन्धुलीमा ४ सय ४० वोरा मल आएको कृषि सामाग्रि कम्पनी लिमिटेड सिन्धुलीका प्रमुख कण्ठप्रसाद उपाध्यले बताउनुभयो । अहिले यति धेरै मल आए पनि कृषकहरुलाई प्रयाप्त मल नपुग्ने र माग अनुसारको मल आएको छैन । खोलामा पानी भए पनि मल नभए पछि मलको पर्खाईमा बसेका कृषकहरु हतारीदै सिन्धुलीमाढीमा समझामा लाईन बस्न कुदिरहेका देखिन्थे । एक कृषकले भने “आज मल आएको छ रे मल लिन आएको मल पाइएला भन्ने आशा गरेर बसेको छु । पहिला मल नभए र मकै वाली सोचे अनुसार फलेन अव मल र जल भए पछि धान फल्छ कि ।”
सिन्धुली जिल्लामा मल नभए पछि कृषकहरुले बर्दिवास, सर्लाही लगाएत अन्य जिल्लाहरुवाट मल ल्यााउने गरेका थियो । धान रोपाई गर्न ढिला भैसक्यो मल कहिल्यै आउदैन कति पर्खिनु ढिलो भए पनि राम्रो नफल्ने भएकाले मलको चाहारीमा बर्दिवास गएको र बर्दिवास वाटै मल ल्याएको एक कृषकले बताउनुभयो ।
त्यसैगरी अर्का एक कृषक विक्रम चौलागाई भन्छन् “मल पर्खदा मकै वाली जसरीनै धान वाली विग्रने चिन्ताले अफुले संसि वाट २ वोर मल ल्याएर रोपाई गर्नुभयो । उता वाट मल ल्याए पनि उस्तै रहेछ साँढे सात सय तिरे पछि एक बोरा पाईदो रहेछ । अन्य जिल्लाका कृषकहरु काठमान्डौं मल लिन गएको मिाचार सुन्दा अच्चम लाग्थ्यो तर जता पनि उस्तै होला भनेको हुदो रहेन छ ।” सिन्धुलीमा मल नपाएर बाहिर गएर मल ल्याउने आएपछि अहिले कृष्कहरुलाई मल पाएका छन् । कृषकहरुले सिन्धुलीमा सहज रुपमा मल भने पाउन सकेका छैनन् ।
सिन्धुली जिल्लामा कृषको माग पुरा गर्न युरिया १ हजार टन, डिएपी ३५० टन र पोटास २० मेट्रिक टन आर्थि बर्ष ०६९÷७० मा कृषकलाई पु¥याउने लक्ष्य रहेको कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीले जनाएको छ । हाल सम्म ८ सय ७३ टन युरिया, ९८.२ टन डिएपी र २१.६०० मेट्रिक टन पोटास सिन्धुलीमा आएको र सवै बिक्रि भै सकेको सामाग्री कम्पनी लिमिटेड सिन्धुलीका प्रमुख कण्ठप्रसाद उपाध्यलले बताउनुभयो । अव केही दिनमा नै डिएपी मल आउने र के कती आउछ भन्ने तथ्याङ्क नभए पनि कृषकहरुलाई पुग्ने अनुसार डिएपी मल आउने उपाध्यलले बताउनुभयो ।
डिभिजनले जिल्लाको आवश्यकता अनुसार मल उपलब्ध गराउन नसक्दा सिन्धुलीका कृषकहरु मारमा परेका परेको र कृषि सामाग्री कम्पनी लिमिटेडले माग गरे पनि मुख्य डिभिजनले नै वास्ता नगरेकाले जिल्लाको समस्या समाधान गर्न असहव भएको उहाँ बताउछन् । उहाँले भन्नुभयो “मैले यहाँबाट माग गरेर चिठि पठाउछौ तर यस्को आबश्यकता नै नबुझि कम मल पठाउदा आफुलाई जिल्लाको समस्या समाधान गर्न निकै गाहे भएको छ ।”
आईतवार आएको मल भिमेश्वर शहकारी संस्था, बहुउद्देश्यीय कृषक हिकारी संस्था झागाँझोली, जनकल्याण वचत तथा ऋण सहकारी संस्थालाई १०÷१० बोरा मल दिएको र बाँकी ४ सय १० वोरा युरीया मल जिल्ला कृषि सामाग्री संस्थान लाई दिईएको र वितरण भै रहेको कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीले जनाएको छ । उक्त मल कृषकलाई प्रति वोरा ९ सय ७० रुपैंयामा वितरण गरिएका उपाध्यलले बताउनुभयो ।
सिन्धुली जिल्लाका लागि आएको मल विभिन्न वहानामा मल चुहावट हुने गरेको र यस रोक्न कसैले नसक्दा कृषकहरुले कहिल्यै समयमा मल नपाएको उपाध्यको भनाई रहेको छ ।
यसरी मल चुहावट हुँदा सिन्धुलीका लागि छुट्याईको मल ब्यपारीहरुले छिमेकि जिल्ला हरु रामेछाप, ओखलढुङगा लगाएतका जिल्लामा मल पु¥याउने गरेकाले पनि सिन्धुलीका कृषकको समस्या समाधान गर्न नसकेको कार्यालयको भनाई रहेको छ ।
अहिले रामेछापमा कृषि सामाग्री कम्पनी लिमिटेडको शाखा नभएकाले मुख्य मल चुहावट हुने गरेको र हाल रामेछाले जिल्ला कृषि विकास कार्यलय रामेछापको सिफारिस लिएर धुलीखेल बाट मल ल्याउनु भन्दा सिन्धुली बाट मल लैजादा सहज तथा सस्तो पर्ने भएकाले पनि सिन्धुलीमा मल अपुग भएको र यसमा सवै सम्वन्धित निकायहरुले ध्यानपु¥याउन आवश्यक रहेको छ ।
सिन्धुलीमा युरिया तथा डिएपी मल कृषहरुले प्रयोग गरेको २०५२ साल सम्मको तथ्याङ्क हेर्ने हो भने अहिले जिल्लामा झन्डै दोब्बर मल आएको छ । खेति गर्ने जमिन नबढ्ने तर मल यत्रो परिणममा आउदा पनि मल अपुग हुँदा चुहावट भएको प्रस्ट हुन्छ । मलको काला बजारी गर्नेहरुलाई कारवाहि गर्ने हो भने जति मल ल्याएपनि कृषकको समस्या जस्ताको तस्तै हुने निश्चित छ ।
मल नपाएका कृषकहरु गुनासो यसरी पोख्छन् “बल्ल बल्ल पानी पर्छ तर मकै रोप्यो मल दिने समयमा मल पाइदैन अनी मुख्य वाली मकै भन्ने तर मकैमा मल दिने समयमा पनि मल नपाएर आधा अन्न फलाएर कसरी बाँच्ने हो अहिले देखिनै चिन्ता परेको छ । मल लिनको लागि सिन्धुली सदरमुकाम धाउदा धाउदै मकै वाली त्यतीकै खेर गयो के गर्नु सममानै मल पाएको भए मकै फल्थ्यो मकै भएन भने बाच्ने आधार नै छैन कसरी वाँच्ने हो थाहा छैन् ।”
सिन्धुली जिल्लामा कुनै बर्ष ४ सय टनले पनि कृषकलाई मल सहज रुपमा माग पुरा हुन्छ कुनै बर्ष १३ सय मेट्रिक टनले पनि कृषकको माग पुरा गर्न सक्दैन तर आगामी आर्थिक बर्षमा १५ सय देखी २ हजार टन मल चाहिने उपाध्यले बताउनुभयो ।
जिल्लामा रहेको सहकारी तथा कृषकहरुले सधै मल चाहियो भनेर आउदा आफुले मल दिन नसकेको र केन्द्रले नै नपठाएकाले यो समस्या समाधानको निम्ति डिभिजन सम्म पु¥याइदिन अनुरोध समेत गर्नुभयो । बढी पैसा तिरेर ब्यापारीहरुले बाहिरै मल लादा यो समस्या आएको हो यस समस्या समाधान गरे सिन्धुलीका कृषकहरुलाई देखिएको समस्या कम भएर जाने उहाँको भनाई रहेको छ । जिल्लामा माग अनुसार नभएर २१ प्रतिशत मात्र आपुत्र्ती हुने गरेको र यदी राज्यले निर्धारण गरे अनुरुप तराईमा ४ हेक्टर र पहाडमा १५ रोपनी जग्गामा कार्ड सिस्टम लागु हुनु पर्ने र बाकि रहेकाले खुल्ला बजारमा गए समस्या सहज रुपमा समाधान हुने अपाध्यले बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !