जनज्योती उमाविमा बवण्डर, अनिश्चिनकालिन तालावन्दी
http://sindhulidarpan.blogspot.com/2012/07/i_5455.html
नविनबाबु अधिकारी
सिन्धुली, असार १७ । विद्यालय व्यवस्थापनको नयाँ कार्य समिती चयन गर्दा अनियमिता भएको भन्दै सिन्धुलीको जनज्योती उच्च माध्यमिक विद्यालय फोस्रेटारमा अनेरास्ववियुले क्यम्पसमा ताला लगाएको एक प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । स्वतन्त्र रुपमा विद्यार्थीहरुले पढ्न पाउनु पर्ने भए पनि जवरजस्ति गरेकोमा अनेरास्ववियुले ताला लागाएको र क्याम्पसमा हुने सवै प्रशासनिक तथा पठन पाढन बन्द गरेको जनाएको छ ।
हाल गठन गरिएको नयाँ कार्य समिति खारेज गरिनु पने र विद्यालय ब्यबस्थापनको नयाँ कार्य समिति चयन गर्दा गणनापुर्वक अभिभावको उपस्थिती विना अभिावकहरुले बलजफतले नयाँ कार्य समिति चयन गरेकोमा गम्भिर ध्यानाकर्षण भएको अनेरास्ववियु शिद्धज्योती शिक्षा क्यम्पस फोस्रेटारका अध्यक्ष दिपेन्द्र फुयाँलले वताउनुभएको छ । उक्त विज्ञप्तीमा अल्प मतमा परेर पनि जवरजस्ति माणिक ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको उल्लेख गरिएको छ । साथै गठित नयाँ कार्य समिति तत्काल खारेज गर्नु पर्ने र सहमतिय आधारमा गठन गरिनु पर्ने, आफ्नो मागलाई सम्वोधन नगरे आन्दोलनमा उत्रने सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !