युरोकपको तातो नेपालमा : कतै कहाँ हेर्ने भन्ने चिन्ता, कतै बाजी

गत जेठ २६ गते देखि युरोप महादेशका १६  राष्ट्रबीच घम्साघम्सी भैरहेको युरोकप फुटबल २०१२ को फाइनल भिडन्त आज राति नेपाली समय अनुसार १२: ३० बजे स्पेन र इटालीबीच युक्रेनको किभ राष्ट्रिय रंगशालामा हुँदैछ । 
    
युरोकपले बिश्वका फुटबल खेलाडी, खेलप्रेमी तथा आमजनताको मन आफुतिर खिचिरहेको बेला नेपाली खेलाडी तथा फुटबलप्रति चासो राख्ने नेपालीहरुको मन पनि कसले उपाधी हात पार्ला भनेर कौतुहलताकासाथ समयको प्रतिक्षामा बसिरहेको छ । 

नेपाली फुटबल खेलाडीले युरोकप फुटबलबाट धेरै ज्ञान हासिल गर्न सक्ने नेपाली यु–२२ राष्ट्रिय फुटबल टिमका कप्तान तथा राष्ट्रिय स्ट्राइकर भरत खवासको धारणा छ । 

खवास भन्नुहुन्छ, ‘हामीले आफ्नो कमजोरी काहाँनिर छ र कसरी नेपाली फुटबल खेलको विकास गर्न सकिन्छ भन्ने कला कौशल यो युरोकपबाट सिकिरहेका छौं ।’ 
    
आजको फाइनल खेल सबै खेलाडीसंगै बसेर प्रोजेक्टरमा हेर्ने योजना बनाएको खवास बताउनुहुन्छ । युरोपमा युरोकप फुटबल चलिरहँदा एसियाली मुलुकहरुमा त्यसको प्रत्यक्ष प्रभाव परिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष एवम् प्रवक्ता ललितकृष्ण श्रेष्ठको भनाई छ । 

फुटबलको क्रेज बिश्वभरी नैं छ, यसको प्रभाव नेपालमा पनि उत्तिकै छ भन्दै उहाँ आफुले यसपटकको युरोकपका खेल एकदुई वटा बाहेक सबै टेलिभिजनबाट अवलोकन गरिरहेको बताउनुभयो । 

बिश्वका चर्चित खेलाडीहरु युरोकपमा खेलिरहेका हुनाले सबै फुटबल खेलाडी र फुटबल खेलमा चासो राख्ने ब्यक्तिहरुले खेल हेर्नुपर्ने उहाँको सुझाव छ ।
    
आजको फाइनल खेल सर्बसाधारण नेपाली जनताले प्रत्यक्ष मैदानमै अवलोकन गरेजसैगरी रमाइलोसँंग हेर्न पाउन भन्ने हेतुले नेपाल बुदोकैदो फुलकन्टयक्ट कराँते संघले राजधानीको बसन्तपुरमा २० वाई २५ फिटको पर्दामा खेल देखाउन लागेको छ । 

संघका अध्यक्ष काजीमान श्रेष्ठ भन्नुहुन्छ, ‘कसैको घरमा टिभी छैन, लोडसेडिङको मारमा पनि हामी परिरहेका छौं त्यही भएर हामीले सर्बसाधारण जनाताका लागि सार्वजनिक स्थानमा युरोकपको फाइनल भिडन्त निःशुल्क देखाउन लागेका हौं ।’

श्रेष्ठले बसन्तपुर डबलीमा फुटबल हेर्न आउने दर्शकलाई संयमित र अनुशासित भएर खेल हेर्न पनि आग्रह गर्नुभएको छ । 
    
फुटबल खेलको लोकप्रियता दिनानुदिन बढिरहेको यस अवस्थामा धेरै दर्शक तथा खेलप्रेमीहरुले आफुले चाहेको टिमले जितोस भनेर साथीहरुबीच बाजी समेत थाप्ने गरेको पाइएको छ ।

आफु स्पेनी खेलाडीको शुभचिन्तक भएकोले स्पेनले जित्नेमा बिश्वस्त हुनुुहुन्छ त्रिभुवन विश्वविद्यालयमा एमबिएस अध्ययनरत सुमन गौतम । 

गौतम भन्नुहुन्छ – मैले र साथीले बाजी थापेका छौं, मेरो टिमले जित्यो भने साथीले एक महिनाको रु. दुई हजार ट्युसन फि तिरिदिने र साथीको टिमले जित्यो भने मैले फि तिरिदिने बाचा गरेका छौ. ।’ 

यस्ता खेलमा धेरै पैसा र धनको बाजी भने थाप्न नहुने नेपाल कबर्दी संघका अध्यक्ष लालकुमार लामाको भनाई छ । लामा भन्नुहुन्छ– ‘रमाइलोका लागि ५, ७ सय मात्र बाजी थाप्नु ठिक हुन्छ । धेरै बाजीले  दुर्घटना निम्त्याउन सक्छ ।’ 

फुटबल खेल हेर्न साथीभाइ मिलेर पाँच तारे होटल र रेष्टुरेन्टमा जाने योजना धेरै खेलकर्मी तथा खेलप्रेमीहरुले बुनेका छन् । यसरी सामूहिक फाइनल खेल हेर्नका लागि राजधानीको कपन क्लव, अनामनगर युवा समाज, ठमेल, बसन्तपुर, कलंकी, सोह््रखुट्टे, नयाँ बसपार्क, मच्छिन्द्र बहाल, मंगलबजार लगायतका स्थानका सामाजिक क्लवहरुले प्रोजेक्टर जडान गरेका छन् । 

Related

प्रमूखखबरहरु 48323802889225022

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item