गणतान्त्रिकका अध्यक्ष यादव कारबाहीमा
http://sindhulidarpan.blogspot.com/2012/07/i_3290.html
काठमाडौ, असार १७ । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष राजकिशोर यादवलाई असन्तुष्ट पक्षले पार्टीबाट निष्कासन गरेको छ । यादवलाई निस्कासन गरेर नन्दनकुमार दत्ताले आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति बनाएका छन् । कार्यबाहक अध्यक्ष यादवलाई पटबाट हटाएको जानकारी उनले आजै निर्वाचन आयोगलाई जानकारी गराएका छन् ।
कार्यबाहक अध्यक्ष यादवले आफू मनपरी पार्टी सञ्चालन गरेको भन्दै पार्टी नीति विपरितका कार्य गरेकाले कारबाही गरिएको दत्ताले जनाएका छन् । कारबाहीमा परेका यादव सूचना तथा सञ्चारमन्त्री छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !