हेलिकप्टर प्युठानमा अलपत्र

http://sindhulidarpan.blogspot.com/2012/07/i_9929.html
दाङ, असार १७ । डोल्पाबाट तीन जना बिरामी बोकेको हेलिकप्टर खराब मौसमका कारण दुइदिन सम्मपनि काठमाडौ पुग्न सकेको छैन् । शनिबार काठमाडांैका लागि डोल्पाबाट उडेको माउन्टेन एयरको हेलिकप्टर खराब मौसममाका कारण रुकुममा आकस्मीक अवतरण गरेको थियो । पुनः आज बिहान रुकुमबाट बिरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर मौसममा खरावी आएपछि पुनः प्यूठानमा आकस्मीक अवतरण गरेको छ ।
शनिबार डोल्पाबाट बिरामी लिएर बिहान साढे ८ बजे उडेको हेलिकप्टर प्यूठानको बिजुवार–६ स्थित खेल मैदानमा आकस्मिक अवतरण गराईएको हो । हेलिकप्टरमा डोल्पाका ३ जना घाइते बिरामी र एक जना आफन्त तथा चालक दलसहित ५ जना सवार छन् । सिमसिम वर्षात र कुहिरोका कारण उडानमा समस्या आएकाले हेलिकप्टरलाई आकस्मीक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
डोल्पामा शुक्रवार स्थानीयबासीबीच आपसी झगडा हुँदा ३ जना घाईते भएका थिए । डोल्पा गुम्बातारा–३ का कामी बुढा, झलम बुढा, चन्द्रबहादुर बुढा घाईते छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !