दिक्पालले फेसवुकमा अश्लील गाली गरेको स्विकारे

काठमाडौं,  असार १७ (सौर्य दैनिक ) । साइबर क्राइमको आरोप लागेका मोडल दिक्पाल कार्की र उजुरीकर्ताहरू राज घिमिरे, आलोक नेम्वाङ र दीपशिखा कार्कीबीच शनिबार राति मेलमिलाप भएको छ । उनीहरूले वकिलको कार्यालयमा बसेर आइन्दा एकअर्कालाई कुनै दु:ख नदिने, आरोप नलगाउने र हालिएका उजुरी फिर्ता लिने सर्तसहितको कागजमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा प्रथम पक्षका रूपमा राजले, द्वितीय पक्षका दीपशिखा खड्का र तृतीय पक्षका रूपमा दिक्पाल कार्कीको हस्ताक्षर छ । सम्झौतापछि राजले  भने, ‘दिक्पालले परिवारसहित आएर गरेका अपराध सबैको जिम्मा लिन्छु, गल्ती स्विकार्छु र अब सुध्रिन्छु भनी आग्रह गरेकाले सम्झौता गरेको हुं । जेलमा राख्ने पनि सुधार्नकै लागि हो, उनी बाहिरै सुध्रिन्छन् भने किन त्यसो गर्नु र ?’ दिक्पालविरुद्धका सबै उजुरी फिर्ता लिएर उनलाई सुध्रिने बाटो खुला गरिएको राजले बताए ।
यसअघि शुक्रबार धरौटीमा छुटेका मोडल दिक्पाल कार्कीले शनिबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफू निर्दोष रहेको बताएका थिए । फेसबुकमार्फत अश्लील गाली र धम्की दिएको भन्दै नायक राज घिमिरे, आलोक नेम्वाङलगायतले दिक्पालविरुद्ध उजुरी हालेपछि जावलाखेल प्रहरीले उनलाई गत ६ असारमा पक्राउ गरेको थियो । १० दिन जेल बसेपछि प्रहरीले उनलाई सात हजार रुपियाँ धरौटीमा छाडिदिएको थियो । नायिका विनिता बरालको उक्साहटमा दिक्पालले यस्तो अपराध गरेको उजुरीकर्ताले बताएका थिए ।
विनय डिसी र सगुन केसी नामका आइडीबाट अश्लील एवं धम्कीपूर्ण म्यासेज पठाएको आरोप लागेका दिक्पालले पछिल्लो आइडी पहिले चलाउने गरे पनि अहिले निष्क्रिय पारिसकेकोमा फेरि कसले चलाएर त्यस्तो म्यासेज पठायो भन्ने थाहा नभएको पत्रकार सम्मेलनमा उल्लेख गरे । अर्को विनय डिसी पनि आफ्नो आइडी नभएको र आफूलाई कसैले फसाउन खोजेको उनको आरोप थियो । उनले भने, ‘मलाई किन फसाए, पत्ता लगाएरै छाड्छु ।’ आफ्नो गल्ती नरहेको र त्यो आफूले नस्विकारेकाले १० दिन हिरासतमा बस्नुपरेको बताउँदै आफ्नो गल्ती प्रमाणित गर्न उजुरीदाताहरूलाई उनले चुनौती पनि दिए । साथी उज्ज्वल गिरीकोमा गएका बेला आफ्नो फेसबुक लगआउट नगरी बाहिरिनु आफ्नो गल्ती रहेको र सोही कारण यो लफडा निम्तिएको अस्पष्ट भनाइ पनि उनले सम्मेलनमा राखे ।
उजुरीकर्ता राजले अपराध स्वीकार गर, एक घन्टामै छुटाइदिन्छु भनेर हिरासतमै चिठी पठाए पनि निर्दोष भएकोले आफूले स्वीकार नगरेको पनि उनले भन्न भ्याए । यस्तै दबाबमूलक पत्र राजले आफ्ना पितालाई पनि पठाएको दिक्पालले बताए । उनले भने, ‘अझै पनि झुटा आरोप लगाएर चरित्रहत्या गर्न खोजिँदै छ, यस्तै हो भने उजुरी हाल्नेहरूविरुद्ध क्षतिपूर्तिसहित मानहानिको मुद्दा हाल्छु ।’ यद्यपि उनले सो पत्र भने देखाउन सकेका थिएनन् ।
पत्रकार सम्मेलन भइरहँदा नायक राज घिमिरेले भने दिक्पाल झुटो अफबाह फैलाउन खोजेको भन्दै अवरोध पुर्‍याउन खोजेका थिए । पत्रकारहरूले दिक्पालको कुरा पनि सुन्नुपर्ने बताएपछि उनी चुप बसे ।
आफू निर्दोष सावित भएकोले हिरासतबाट छुटेको र अझै पनि राजले विभिन्न दबाब दिने गरेको दिक्पालले सौर्यलाई बताएका थिए, ‘अब विवाद गर्नुको अर्थ छैन । कि त मसँग मिल्न आउनुपर्‍यो कि मेरो तर्फबाट मुद्दा खेप्न तयार हुनुपर्‍यो ।’ यो केसले आफ्नो परिवारलाई पनि पीडा भएको भन्दै दिक्पाल सबै कुरा बिर्सेर मिल्न तयार देखिएका थिए ।
पत्रकार सम्मेलनमा अवरोध गर्न नभएर दिक्पालले के भन्छन् भनेर बुझ्न गएको राजले बताएका थिए । उनको भनाइ थियो, ‘यदि उनी अझै केस उचाल्छन् भने उनीविरुद्धको दह्रो प्रमाण अझै मसँग छ, त्यसपछि झुटो–साँचो सबै त्यसैले बताउनेछ ।’राजपछि नायिका दीपशिखा खड्काले पनि दिक्पालविरुद्ध हनुमानढोका प्रहरीमा उजुरी दिएकी थिइन् ।यो पनी हेर्नुस् ।

Related

मनोरञ्जन 8584021947830269214

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item