तपस्वी बम्जन पक्राउपुर्जिको विरोध

सिन्धुली,असार १८ । 
केहि दिन अघि सरकारले तपस्वी रामवहादुर बम्जन र उनका सहयोगी चार जना विरुद्ध पक्राउ पुर्जि जारी गरे लगत्तै सिन्धुली र बारामा रहेका विभिन्न जनजाति सगठन  धर्म सघंहरुले विरोध जनाएका छन् । आईतवार एक विज्ञप्ती प्रकाशित गरि उनीहरुले तपस्वी माथी लगाईएको मुद्धा झुटा भएको भन्दै सरकारसगँ मुद्धा खारेजीको माग समेत गरेका छन् र उनिहरुले सरकारले हलखोरियामा निर्मित भौतिक संरचनाहरु संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा भत्काएकोमा विरोध गरेका छन् । उनिहरुले तपस्वी र बौद्ध धर्मावलम्विहरुको आसथामाथी आचँ आने काम गरेको आरोप लगाएका छन् ।

 विज्ञप्तीमा भनिएको छ सरकारी पक्षवाट नै त्यस्तो अमानवीय घटना घट्न समग्र बोधी श्रवण धर्म सघंको आस्था विश्वासमाथि आचँ आउने र धर्मयुद्ध तर्फ धकेलिदिने क्रियाकलापहरु राज्य पक्षको केहि तत्वहरुप्रति हामी सदैव सचेत रहनुपर्छ । नेपाल तामाङ घेदुङ सिन्धुलीका गम्भिर तामाङ,नेपाल आदिवासी जनजाती महासघं सिन्धुलीका सुर्य पाख्रिन,बोधि श्रवण धर्म सघं वाराका जसवहादुर वाईवा,बोधि श्रवण धर्म सघं बाराका निलवहादुर थिङ र बोधि श्रवण धर्म सघं सिन्धुलीका छत्रवहादुर घिसिङको सयुक्त हस्ताक्षरमा प्रकाशित विज्ञप्तीमा पत्रकारहरुलाई बोधि श्रवण धर्म सघंका समाचारहरु सघंका आधिकारीक व्यक्ति मार्फत बुझी समाचार प्रकाशन प्रसारण गरिदिन पनि अनुरोध गरिएको छ । 
विज्ञप्तीमा बारामा रहेको तपस्या स्थलमा केहि समयदेखि काठ तस्करी,चोरी शिकारी र धर्म विरोधी तत्वहरुले तपस्वीको तपस्या भंग गर्ने गरी अमानविय व्यवहार गरेको हुदा सिन्धुलीको कमलामाई नगरपालिका ७ मा रहेको जनकल्याण सामुदायिक वन क्षेत्रमा बम्जन रहेको समेत उल्लेख गरिएको छ । सरकारले बम्जनसहित उनका ४ जना अनुयायीहरु विरुद्ध शुक्रवार पक्राउ पुर्जि जारी गरेको थियो । 

Related

स्थानिय 3109561599953077034

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

यो साता चर्चित



item