महोत्तरीको वन संरक्षणमा चासो नदेखाएको आरोप


महोत्तरी,असार २९ । 
सामुदायिक वन उपभोक्ता महासंघ महोत्तरीले जिल्ला वन कार्यालयले जिल्लाको उत्तरी क्षेत्रका वन जंगल संरक्षणमा कुनै चासो नदेखाएको आरोप लगाएको छ । उत्तरी क्षेत्रको गौरीबासबाट सदरमुकाम जलेश्वरमा सरेसँगै कार्यालयले जिल्लाको उत्तरी क्षेत्रको वन जंगल संरक्षण र विकासमा कुनै चासो नदेखाएको आरोप सामुदायिक वन उपभोक्ता महासंघले लगाएको हो । 

महासंघ महोत्तरीका अध्यक्ष विनोद पोखरेलले जिल्ला वन कार्यालय गौरीवासबाट जलेश्वर सरेदेखि अहिलेसम्म उसले एक पटक पनि जिल्लाको उत्तरी क्षेत्रको बारेमा ध्यान नदिएको दाबी गर्नुभयो । अहिले वृक्षारोपण गर्ने समय भए पनि जिल्ला वन कार्यालयले उत्तरी क्षेत्रका सामुदायिक वनहरुलाई वृक्षरोपण गर्न आग्रहसमेत नगरेको अध्यक्ष पोखरेलको भनाई छ ।

 महोत्तरीको गौरीवास र बर्दिवासमा रहेका सम्पुर्ण सरकारी कार्यालय जलेश्वर सार्नु पर्ने माग राख्दै स्थानीयवासीन्दाले लामो समय सम्म आन्दोल गरेपछि सरकारले केहि महिना अघि गौरीवास र बर्दिवासमा रहेका जिल्ला वनलगायतका सरकारी कार्यालय जलेश्वरमा सारेको थियो ।  

Related

विविध 3915450901241864425

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item