यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताका क्रिकेट खेलाडी छनोट

http://sindhulidarpan.blogspot.com/2012/07/sports_13.html
काठमाण्डौ,असार २९ ।
आगामी साउन २० देखि भदौ ११ गतेसम्म अस्ट्रेलियामा सञ्चालन हुने इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले १५ सदस्यीय नेपाली क्रिकेट खेलाडी टोली आज छनोट गरेको छ । छनोटमा परेका खेलाडीमा पृथु बास्कोटा टिम कप्तान र प्रदीप ऐरी उपकप्तान छन् ।
अन्य खेलाडीमा राजेश पुलामी, सागर पुन, नरेश बुढा ऐर, कृष्ण कार्की, अविनाश कर्ण, फजरुल रहमान, भुवन कार्की, हासिम अन्सारी, सुभाष खकुरेल, राहुल विश्वकर्मा, गोपालकुमार सिंह, सौरभ खनाल र रामनरेश गिरी रहेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी टिमका अन्य वैकल्पिक खेलाडीमा सुरेन्द्र चन्द, पवन श्रेष्ठ, रुपेश श्रीवास्तव र प्रजेशबहादुर सिंह छन् । टिम म्यानेजरमा सङ्घका सदस्य किरण राणा, सहायक म्यानेजरमा सङ्घका सदस्य सुनिलमान अमात्य, प्रशिक्षकमा पुवुदु दशानायके, सहायक प्रशिक्षकमा जगतबहादुर टमाटा र प्राविधिक समीक्षकमा रमन शिवाकोटी सहभागी हुने क्यानले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !