दुर्घटनामा ११ को मृत्यु, २५ बढि घाइते



धादिङ,साउन २३ । 

पृथ्वीराजमार्ग अन्तरगत धादिङको भुमेस्थान गाविस ६ कमेरेमा आज बिहान भएको दुर्घटनामा परी मृत्यु हुने ११ मध्य सात जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा कपिलवस्तु जिल्लाको कोपवा–४ का २३ वर्षिय बलिराम चौधरी, रुपन्देही भद्रपुर–२ का २२ वर्षिय मोहन नगरकोटी, रुपन्देहीकै मानपकडी–४ का २९ वर्षिय फडिन्द्र सुवेदी, गुल्मीको तम्घास–३ का अन्दाजी ५५ वर्षिय पार्वती घर्ती, बुटवल नगरपालिका –३ का सशीला घर्तीमगर, बुटवल नगरपालिका–१५ बस्ने शेरबहादुर थापा र पोखराका २२ वर्षिय रन्जन थापा रहनु भएको छ । मृतक चार जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएकोछ ।

दुर्घटनामा परी २५ भन्दा बढि घाइते भएका छन् । बुटवलबाट काठमाण्डौका लागि छुटेको लु १ ख ७०५१ नम्बरको यात्रुबहाक बस सडकबाट करिब ५० मिटर तल महेशखोलामा खसेर दुर्घटना हुँदा २ महिला र ८ पुरुषको घटनास्थलमै मृत्यु भएको हो भने एक पुरुषको उपचारको लागि काठमाडौ लैजादैगर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका १६ जनाको काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । सामान्य घाइतेहरुको धादिङकै महादेबबेसी अस्पताल र गल्छी अस्पतालमा उपचारभइरहेको छ । तीव्र गतिमा गुडेको गाडी अनियन्त्रीत भई दुर्घटना भएको हुनसक्ने प्रहरी चौकी बैरेनीका प्रहरी सहायक निरिक्षक पदम थापाले बताउनुभयो ।

Related

राष्ट्रिय 1088934585203098794

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item