खेलकुद कोषको वेबसाईट सञ्चालनमा


-  जनकपुर–खेलकुद तथा सस्कृती विकाष कोष जनकपुरले आफनो गतिविधिलाई समेट्ने उदेश्यले  वेबसाईट सञ्चालनमा ल्याएको छ । एससिडिएफ जनकपुर डट कम वेबसाईटमा जनकपुर अञ्चलमा हुनै सवै प्रकारका खेलकुद तथा कला र सस्कृतीका गतिविधि बेवसाईटमा राख्ने कोषका अध्यक्ष जितेन्द्र महासेठले जानकरी दिनुभयो । 

साथै कोषले स्थानीय क्लव तथा खेलकुद प्रतियोगिताका आयोजकहरुको विवरण, वार्षिक खैलकुद क्यालेण्डर, जनकपुर अञ्चलवाट उत्पादित राष्ट्रिय खेलाडीहरुको विवरण सहित धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीका ऐतिहासिक चिनारी र मिथिला चित्रकलालाई समावेस गरिएको कोषका अध्यक्ष  महासेठको भनाई छ । 
वेवसाईटमा सिन्धुली दर्पण डटकम डट एनपी,गौल नेपाल डट कम, क्रिक नेपाल डट कम, एनएम खवर डट कम, तथा रेडियो मिथिला डट कम सहयोगी बेवसाईटको रुपमा राखिएको छ । 

Related

फोटोखबर 8223744320881746808

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item