सिन्धुलीमा विद्यार्थी वलत्कार गर्ने शिक्षक धरौटीमा रिहा


मिनकुमार दाहाल,सिन्धुली,साउन २२ । 

दृष्टि विहीन छात्रा वलत्कार गर्ने शिक्षकलाई जिल्ला अदालत सिन्धुलीले केही दिन अघि धरौटीमा रिहा गरेको भन्दै अन्तरपार्टी महिला संजालले विरोध जनाएको छ । महिला संजालले सोमवार दुधौली उच्चमाविका शिक्षक अशोक झाद्धारा वलत्कार गरिएकी छात्रा चन्द्रकला पुर्वे(नाम परिवर्तन)लाई उपस्थित गराएका थिए । धनुषा जिल्लाको यदुकुवा गाविसकी १७ वर्षिया दृष्टि विहीन पुर्वे केही वर्ष देखी दुधौली गाविसमा रहको उच्चमावि लदाभिरले संचालन गरेको दृष्टि विहीन कक्षामा छात्रवासमा वसेर पढ्दै आएकी छिन् । वलत्कारको आरोप लागेका शिक्षक झालाई जिल्ला अदालत सिन्धुलीले ६५ हजार रुपैयाँ धरौटी लिएर साधारण तारेकमा छाडेको थियो । लदाभिर उच्च माविमा पाँच जना छात्रा र पाँच जना छात्र सहित दश जना दृष्टि विहीन विद्यार्थीहरु छात्र वासमा वसेर पढ्ने गर्छन । 
महिला संजालद्धारा आयोजित पत्रकार सम्मेलनमा आफ्नै स्कुलका शिक्षक अशोक झाले वलात्कृत गरेको भनिएकी छात्रा  चन्द्रकला पुर्वेले वताइन् ।  चैत २७ गते दिउँसो अंग्रजी सिकाइ दिन्छु भन्दै छात्रवास भित्र प्रवेश गरी १२ वजे देखी १ वजे सम्म मेरो मुख थुनेर वलत्कार गरेको आरोप लगाइन् ।
हामी सुत्ने कोठामा अशोक झा प्रवेश गरी सँगै वस्ने साथि दिपा मगरलाई समाउने प्रयास गरेका थिए । साथि भागे पछि मलाई समातेर खाटमा लडाए मैले लगाएको लुगा खोले र वलत्कार गर्न सुरु गरे । के गरेको सर भन्दा महिला र पुरुष विच हुने सम्वन्ध भन्दै वलत्कार गरेको दृष्टि विहीन पुर्वेले भनिन् । म आँखा नदेख्ने मान्छे झा सरले धेरै समय लगाएर चिप्लो पानी जस्तो झारि दिए । मैले प्रतिवाद गर्दै यो के हो भनेर उनीसँग सोधे झाले केही होइन भन्दै पानी जस्तो चिप्लो पुछि दिएको पुर्वेले वताइन । 
झा सरले वलत्कार गर्दा मैले डरले केही भन्न सकिन लाटी जस्तै भए । कराएर आवाज निकाल्न खोज्दा सरले मुख थुनिदिए पछि वोल्नै सकिन पुर्वेले भनिन् । अंग्रेजी सिकाइ दिने भन्दै कोठा भित्र छिरेका झा सरले आफ्नो पाइन्ट भित्र मेरो हात हाल्न लगाएर यसलाई अंग्रेजीमा के भन्छन भन्दै सोधे मैले थाहा छैन  उनले भनिन् । पत्रकारहरुसँग पुर्वेले न्याय नपाएको भन्दै मलाई सहयोग गरि दिन आग्रह गरिन । मैले जिल्ला अदालत समक्ष झा सरले गरेका सवै क्रियाकलापहरुको वयान दिएको पिडीत छात्रा पुर्वेले भनिन् । अन्तरपार्टी महिला संजालकी उमा कोइरालाले दृष्टि विहीन छात्रालाई वलत्कार गर्ने शिक्षकलाई ६५ हजारमा रुपैयाँ लिएर साधारण तारेकमा छाड्ने आदेश अदालतले नसच्याए महिलाहरु अधिकार खोज्न सडकमा उत्रने वताइन् ।
छात्रा चन्द्रकला पुर्वेले वलत्कारको आरोप लागेका शिक्षक अशोक झाले छोरी जस्ती आफैले पढाएको छात्रालाई वलत्कार गर्ने काम हुनै नसक्ने वताएका छन्  । वलत्कारको आरोप लगाएर मलाई सिध्याउने खेल भएको भन्दै शिक्षक झाले वचाउ गरेका छन् । 

Related

स्थानिय 797329077652918982

1 commentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item