नासाको यान मङ्गल ग्रहमा
http://sindhulidarpan.blogspot.com/2012/08/science.html
- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको ’क्यारियोसिटी’ यान आज बिहान मंगलग्रहमा पुगेको छ । यान बिहान ११ बजे मङ्गलग्रहणको सतहमा सफलता पूर्व अवतरण गरेको छ । नासाले मङ्गलग्रहमा जीवको अस्तित्व खोज्न यानसहितको रोबोट पठाएको हो । मङ्गलग्रहको सतहमा यानको अवतरणसँगै नासाका वैज्ञानिकहरुमा खुशियाली छाएको छ ।
२०११ को नोभेम्वर २६ मा यो रोबोटलाई पृथ्वीबाट पठाइएको थियो । २४ हजार करोड मील दुरी तय गरेर यानसहितको रोबोट मङगलग्रह पुगेको हो । यस यानले दुई वर्षसम्म मङ्गलग्रहबाट सूचना पठाउने छ । यानले मङ्गलग्रहमा इतिहासमा कुनै जीवनको चिन्ह भए/नभएको बारे खोजी गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !