नेदरल्याण्डमा नेपाली बालिकाको मृत्यु


महेन्द्र पौडेल
बेल्जियम,साउन २१। नेदरल्याण्डको हिल्भरसुम भन्ने स्थानमा सवारी दुर्घटनामा परेर नेपाली बालिकाको मृत्यु भएको छ । पर्वत जिल्ला नाङ्गलेबाङ्ग गाविस स्थायी घर भएकी १५ वर्षीय सृजना खड्काको निधन भएको एनआरएन नेदरल्याण्डका अध्यक्ष नारायण आचार्यले टेलिफोन मार्फत जानकारी दिए । साइकलबाट घरतर्फ जादै गर्दा उनलाई अटो मोबाइलले ठक्कर दिएको थियो । सृजना नेदरल्याण्डमा लामो समयदेखि बस्दै आएका गुणबहादुर खड्काकी माहिली छोरी हुन् ।

Related

विविध 5694742942840635962

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item