सुनको मूल्यमा कमी
http://sindhulidarpan.blogspot.com/2012/08/gold.html
काठमाण्डौ,साउन २१ ।
साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो साता प्रतितोला ५७ हजार ११० रुपैयाँमा कारोबार भएको सुनकोे मूल्य प्रतितोला ११० ले आज कम भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको अवस्थामा सुधार आएकाले गत साताको तुलनामा सुनको मूल्यमा आज केही कमी आएको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । त्यसैगरी तेजाबी सुनको मूल्य आज प्रतितोला ५६ हजार ७५० रुपैयाँ कायम भई कारोबार भएको छ । अघिल्लो साता छापावाल सुन प्रतितोला ५६ हजार ८६० थियो । त्यस्तै चाँदीको मूल्यमा भने प्रतितोला एक हजार २५ रुपैयाँबाट ५ रुपैयाँ बढेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !