५ किलो अफिमसहित २ महिला पक्राउ

सुर्खेत, साउन २१  । पाँच किलो तीन सय ग्राम लागूऔषध (अफिम) सहित सुर्खेत प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । रामघाटबाट कोहलपुरतर्फ लैजादै गर्दा छिन्चु–५ बाट कोहलपुर–२ की ३५ वर्षीया दिलमाया थापा र सोही ठाउँकी २९ वर्षीया सुस्मिता पुनलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पुनको साथमा रहेको २ किलो ८ सय ग्राम र थापासँग रहेको २ किलो ५ सय ग्राम अफिम बरामद गरिएको सुर्खेतका प्रमुख एसपी गोविन्दराम परियारले जानकारी दिए । अफिम जाजरकोट र सुर्खेतमा उत्पादन गरेर युरोपसम्म पुराउने गरेको जानकारी पाएपछि ३ महिनादेखि प्रहरी सो क्षेत्रमा अनुसन्धान तिव्र पारेको थियो ।

Related

विविध 7988616827379676649

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item