महोत्तरीमा प्रकोप न्यूनिकरण कार्यक्रम सम्पन्न

http://sindhulidarpan.blogspot.com/2012/08/local_28.html
महोत्तरी,भदौ १२ ।
महोत्तरीको गौरीबास ५ र खैरमारा ६ र ७ को प्रकोपको जोखिममा रहेका स्थानहरुमा सञ्चालित प्रकोप न्यूनिकरण कार्यक्रम सकिएको छ । कारितास नेपालको ६ लाख आर्थिक सहयोग र समुदायिक बिकास तथा पैरवी मञ्च नेपाल बर्दिबासको अगुवाईमा प्रकोपको जोखिममा रहेका स्थानहरुलाई मध्यनजरगर्दै गरिएको कार्यक्रम सकिएको हो । त्यस क्षेत्रमा बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ । समुदायमा आधारित प्रकोप जोखिम न्यूनिकरण कार्यक्रमले महोत्तरिको गौरिवास ५ र खयरमारा ८मा जोखिममा रहेका ७४ घरका चार सय पाँच जना लाभान्वित भएका छन् । प्रकोपको उच्च जोखिममा रहेको ठाउँहरुमा गरिएको कार्यक्रमले थोरै भए पनि सहयोग पुगेको बुढुवा खोला साना जलाधार व्यवस्थापन समिति खयरमाराका अध्यक्ष नेमासिंह बलले जानकारि दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !