मुख्य सचिव पौडेलले पदभार ग्रहण गर्ने
http://sindhulidarpan.blogspot.com/2012/08/news_6.html
काठमाडौं, साउन २२ । चर्को विरोध र विवादका वीच सरकारको मुख्य सचिव नियुक्त लीलामणि पौडेलले आज आफ्नो पदभार ग्रहण गर्ने भएका छन् । उनी सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मुख्य सचिवको पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । मुख्य सचिव माधवप्रसाद घिमिरेले आज देखि अनिर्वाय अवकास पाएपछि पौडेलले मुख्य सचिवको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।
पौडेललाई केही दिन अघि मन्त्रिपरिषदले मुख्य सचिवको कायम मुकायम जिम्मेवारी दिएको थियो । मचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई निकट मानिने पौडेल वरिष्ठतम सात सचिवलाई उछिन्दै मुख्य सचिव भएका हुन् । उनको नियुक्ति पछि पाँच सचिवले असन्तुष्टि जनाउदै पदबाट राजीनामा समेत दिएका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !