सामूहिक बलात्कार गर्ने चार पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/08/news_6789.html
झापा, साउन २१ । झापा जिल्लाका अलग–अलग स्थानबाट प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । मेचीनगर–३ की आठ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा स्थानीय रोहित परियार, अनिष राई र तमर रम्तेलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
उनीहरुले साउन–१७ गते बालिकालाई सामूहिकरूपमा बलात्कार गरेको भागेका थिए । यसैगरी, चारपाने–६ का ५५ वर्षीय सङ्गुल राजवंशी सुस्तमनस्थिति भएकी १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् । युवतीका अभिभावकको उजुरीमा इलाका प्रहरी कार्यालय बिर्तामोडले राजवंशीलाई पक्राउ गरेको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !