सर्लार्हीको घुर्काैलीमा भेटिएको मृत युवतीको पहिचान खुल्यो


हरिवन,साउन २२ ।

हत्या गरेर फालिएको अवस्थामा तीन दिन अघि सर्लाहीको घुर्कौली गाविस वडा नम्बर– ५ मा भेटिएकी मृत युवतीको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक हरिवन गाविस वडा नम्बर–९ को म्रिङचिङ टोलकी सुनिता पासवान भएको पत्ता लागेको हो । घटनाको गम्भिर रुपमा अनुसन्धान भईरहेको हरिवनस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामल सुब्बाले बताउनुभयो । 

धारिलो हतियार प्रयोग भएका चिन्हसहित अनुहार नचिनिने गरी सडेको अवस्थामा पासवानको शव तीन दिन अघि घुर्कौलीको नहर नजिक उखुबारीमा फेला परेको थियो ।  पासवान साउन १५ गतेदेखि एकाएक घरबाट वेपत्ता भएको परिवारका सदस्यले बताएका छन् । शव पोष्र्टमार्टम् गर्न नसकिने अवस्थाको भएकाले प्रहरीले दशी प्रमाण राखेर घुर्काैली गाविस कार्यालयको जिम्मामा मृतकको दाहसंस्कार गराएको छ ।

Related

विविध 5434811457513057860

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item