एकीकृत माओवादीका कारण सहमति असम्भव : भण्डारी



राजविराज,भदौ ११ । 
नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले एकीकृत नेकपा माओवादी देशलाई अधिनायकबाद तिर लान खोजेको अरोप लगाउनु भएको छ। राजविराजमा बिहान पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले प्रचण्ड र बाबुरामको गुटका कारण देश अधिनायकबाद तिर गईरहेको आरोप लागनउुभयो । उहाँलेर एमाले संघीय लोकतान्त्रिक गणतन्त्र तिर उन्मुख गराएर सर्वदलीय सरकार निर्माणको पक्षमा रहेको बताउनुभयो । एकीकृत नेकपा माओवादीले अझै सत्ता कब्जा र एकदलिय अधिनायकबादलाई त्याग्न नसकेको कारण दलहरु बिचको सहमति र सहकार्य ओझेलमा परेको बताउनुभयो ।
 प्रेस चौतारी शाखा सप्तरीले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासामा भण्डारीले एमालेलाई मधेश विरोधी भन्नु भ्रामक प्रचार मात्र भएको बताउनुभयो । आफनो पार्टी एकल जातीय पहिचानको आधारमा राज्य बनाउनु पर्ने तिर नभई बहुपहिचान र भौगोलिक अवस्थालाई समेटिने गरी संघहरु बनाउने पक्षमा रहेको बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको संघीय गठबन्धनलाई अधिनायकवादीहरु मोर्चावन्दी गरेर शक्तिलाई धुव्रीकरण गर्न लागेकोले उक्त मोर्चा बिघटन गर्नुपर्ने तर्कगर्नुभयो । 

Related

राष्ट्रिय 4685834519391222025

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item