लागु औषध विरुद्धको अभियान बेलघारीमा



पोष्टराज पहाडी,सिन्धुली,भदौ १२ । 

सिन्धुलीको बेलघारी गाउ विकास समितीमा यतिबेला गाविसलाई लागु औषधबाट टाढा राख्नको लागि लागु औषध विरुद्धको अभियान जारी रहेको छ ।  इलाका प्रहरी कार्यालय बेलघारीको सक्रियतामा सुरु भएको सो अभियानका क्रममा यतिखेर धमाधम वडा स्तरिय तथा विद्यालय स्तरिय समिती तथा क्लव गठनको कार्यभइहेको बेलघारीका शम्भु घिमिरेले बताउनुभयो । उहाँका अनुसार बेलघारी गाउ विकास समितीका सवै वडाहरु १ देखी ९ नम्बर सम्म  लागु औषध विरुद्धको दवाव समिती गठन गरिसकिएको छ । 
यसरी वडा स्तरिय दवाव समिती गठन भइसकेर यतिखेर विद्यालय स्तरिय सो लागु औषध विरुद्धको दवाव मुलक क्लव गठन गर्ने क्रमको सूरुवात भएको स्थानिय तथा चन्द्रावति उमाविका शिक्षक घिमिरेको भनाई छ । 
यसै क्रममा सोमबार चन्द्रावति उमाविमा पनि लागु औषध विरुद्ध दवाव मुलक क्लव गठन गरिएको घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार चन्द्रावती उमाविका प्रअ केशवराज पहाडीको अध्यक्षतामा ११ सदस्यीय दवाव क्लव गठन गरिएको छ । सो क्लवमा फणीन्द्र बहादुर थापा, रिता बस्नेत, नविन मल्ल, चिना तामाङ, भोज बहादुर राना, देव बहादुर थापा, अस्मिता कार्की , दिनेश बस्नेत र लक्ष्मी कुमारी पोखरेल सदस्य रहेका छन् भने सो क्लवको सदस्य सचिवमा इलाका प्रहरी कार्यालय बेलघारीका इन्चार्ज नागेन्द्र प्रसाद यादव रहेका छन् । विद्यालयलाई लागु औषध तथा कुलतबाट टाढा राख्न तथा गाउलाई नै दुव्र्यशनीबाट जोगाउनको लागि क्लव गठन गरिएको इलाका प्रहरी कार्यालयका इन्चार्ज यादवको भनाई उदृत गर्दै शिक्षक घिमिरे जानकारी दिनुभयो । 

Related

स्थानिय 2102489311361121174

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item