विमान दुर्घटनामा मृत्यु हुने ७ नेपाली र १२ विदेशी

काठमाण्डौ,असोज १२ । 


काठमाण्डुबाट सोलुखुम्बुको लुक्ला जान लागेको सीता एयरवेजको डोर्नियर विमान आज बिहान भक्तपुरस्थित मनोहरामा दुर्घटना हुँदा चालक दलका सदस्यसहित विमानमा रहेको सबै १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ विदेशी र ७ जना नेपाली रहेका छन् । ती मध्ये तीन जना चालक दलका सदस्य सबै नेपाली हुन् । चाबहिल घर भएका चालक विजय तन्दुकार, कोपाइलटमा अथवा सहचालक धापाखेलका टकोसिंह थापा र विमान परिचारिकामा बनेपा घर भएकी रुजा शाक्य रहनु भएको छ । त्यस्तै मृत्यु हुने सरुवा भएर जान लागेका नेपाली सेनाका जवान एक जना भएको पनि थाहा भएको छ । 

लुक्ला जान लागेको विदेशी पर्यटकमा बेलायती सात, जापानी पाँच रहेको सीता एयरले जनाएको छ । बिहान सवा ६ बजे लुक्लाका लागि उडेको विमानमा ६ बजेर १८ मिनेटमा  प्राविधिक गडबडी भई टावरसँग सम्बन्ध टुटेको थियो । मध्यपुरथिमि नगरपालिकाको १६ स्थित मनोहरा खोला छेउको सुकुम्वासी बस्तीमा विमान दुर्घटनाग्रस्त भएको हो । सबै शव जलेको अवस्थामा भेटिएका थिए । प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको बताएपनि एकिन कारण खुल्न सकेको छैन ।

 त्रिवि विमानस्थलका महाप्रबन्धक सतीशचन्द्रलाल सुमनले विमानको ब्ल्याकबक्स फेला परेकाले दुर्घटनाको कारण पत्ता लाग्ने जानकारी दिनुभयो । सीता एयरवेजको डोर्नियर विमानको आज विहान भएको दुर्घटना विमानमा रहेको प्राविधिक गडबडी र त्रुटिले भएको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल प्रहरी त्रिभुवन विमानस्थलमा डिआइजी नारायण बस्ताकोटीका अनुसार टावरसँग सम्बन्ध टुटेपछि विमान घुमाएर फेरि विमानस्थलमा अवतरण गर्न खोजेका बेला दुर्घटना भएको अनुमान गरिएको छ । 







तस्विर रोशन न्यौपाने/फेसवुक 

Related

राष्ट्रिय 7666569567758974097

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item