वाघको आक्रमणमा दुई घाईते, स्थानीयले वाघ मारे
http://sindhulidarpan.blogspot.com/2012/09/animal.html
सल्यान,असोज १४ ।
सल्यान खलङ्गा गाविस श्रीनगर वजारमा वाघले आक्रमण गर्दा दुईजना घाईते भएका छन् भने बाघलाई स्थानीयबासीले मारेका छन् । घाइते हुनेहरुमा सल्यान शीतलपाटी निवासी ५४ वर्षिय दीपेन्द्र बस्नेत र ३९ वर्षिय उर्मिला विक रहनु भएको छ । विहान ५ वजेर १५ मिनेटमा सुतेर उठ्ने क्रममा ढोका खोल्दा एक्कासी बाघले आक्रमण गरेको हो । घाईते वस्नेत र विकलाई उपचारको लागि कान्तिपुर सामुदायिक अस्पताल लगिएको छ । आक्रमणको केहि समयमै स्थानियवासीले बाघलाई मारेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !