प्रहरी हत्यामा संलग्न चार अभियुक्त प्रहरीद्धारा सार्वजनिक
http://sindhulidarpan.blogspot.com/2012/09/crime.html
ताप्लेजुङ,असोज १४ ।
गत बुधबार ताप्लेजुङको चांगे १ मा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानको हत्यामा संलग्न चार जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको फुङ्लिङ्ग गाविसमा लुकी रहेको समयमा उनीहरुलाई हिजो पक्राउ गरिएको हो ।
बुधबार राति करिब ८ बजे ईलाका प्रहरी कार्यालय दोभानका प्रहरी हवल्दार बब्लेशकुमार यादबको कमाण्डमा ५ जनाको प्रहरी गस्ति टोली हिडरहेको समयमा करीव १०/१२ जनाको समूहले गस्ति टोलिमाथि आक्रमण गरेको थियो । आक्रमणमा संलग्न सान्थाक्रा निवासी उमेश लिम्बु, गंगाबहादुर लिम्बु, भीम लिम्बु र स्याम लिम्बुलाई प्रहरीले सार्वजनिक गरेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !