पार्टी कार्यालय हटाउन नेकपा– माओवादीलाई जनतान्त्रिकको चेतावनी
http://sindhulidarpan.blogspot.com/2012/09/news_30.html
काठमाण्डौ,असोज १४ ।
सशस्त्र सङ्घर्षरत तराई जनतान्त्रिक पार्टी मधेसले तराईका जिल्लाहरुमा खोलिएका पार्टी कार्यालय २४ घण्टाभित्र हटाउन नेकपा–माओवादीलाई आग्रह गरेको छ । गएराति जनकपुरमा बसेको पार्टीको बैठकले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई पार्टी कार्यालयहरु हटाउन २४ घण्टाको अल्टिमेटम दिने निर्णय गरेको तराई जनतान्त्रिक पार्टी मधेसको अध्यक्ष बताउने मुकेश चौधरीले टेलिफोन मार्फत जानकारी दिनु भएको हो । नेकपा–माओवादीले भारतीय नम्बर प्लेटका गाडी नेपालमा चल्न नदिनु जायज नभएकोले विरोधमा पार्टी कार्यालय हटाउन आग्रअ गर्ने निर्णय भएको चौधरीको भनाइछ ।
भारतसँग नेपालको व्यापारिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध वर्षौदेखि चलिआएकोले भारतीय गाडी नेपालमा नचल्दा चौतर्फी समस्या पर्ने चौधरीले बताउनुभयो । पार्टी कार्यालय नहटाए माओवादीका नेता तथा कार्यकर्तामाथि भौतिक आक्रमण गर्ने चेतावनी जनतान्ँित्रक पार्टी मधेसले दिएको छ । तराईका नागरिकको हक, अधिकार प्राप्तिको लागि आफूहरु भूमिगत आन्दोलनमा दागेको दावीगर्दै चौधरीले राष्ट्रिय सहमतिको सरकार बनेको अवस्थामा मात्र सरकारसँग वार्ता गर्न सकिने सम्भावना औल्याउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !