पत्रकारद्वय पुरस्कृत




जनकपुर, असोज १३ । 

नागरिक दैनिकका जनकपुर संवाददाता सुरेश यादव र सर्लाही संवाददाता सन्तोष सिंह पुरस्कृत भएका छन् । जनकपुर र मिथिला क्षेत्रको खेलकुद गतिविधि सम्बन्धी २०६८ सालमा राष्ट्रिय स्तरको सञ्चारमाध्यममा सर्वाधिक समाचार सम्प्रेषण गरेवापत यादव र स्थानीय स्तरको सञ्चारमाध्यमममा समाचार सम्प्रेषण गरे वापत सिंहलाई खेलकुद तथा संस्कृति विकास कोष जनकपुरले पुरस्कृत गरेको हो । 
‘सूर्यनारायण महासेठ स्मृति खेलकुद पत्रकारिता पुरस्कार २०६८’ (राष्ट्रिय सञ्चारमाध्यम) ले पुरस्कृत यादवलाई नगद पाँच हजार एक सय ५१ र ‘सूर्यनारायण महासेठ स्मृति खेलकुद पत्रकारिता पुरस्कार २०६८’ (स्थानीय सञ्चारमाध्यम) तथा नगद दुई हजार पाँच सय ५१ सिंहलाई प्रदान गरिएको छ । 

Related

फोटोखबर 5912209472744686980

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item