चितवन बन्द, जनजीवन प्रभावित
http://sindhulidarpan.blogspot.com/2012/09/banda_28.html
चितवन,असोज १२ ।
नेकपा माओवादीले आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै आज चितवन बन्द गरेको छ । बन्दका कारण जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । भारतीय नम्वर प्लेटका सवारी साधनलाई रोक लगाउन बसेका ११ जना कार्यकर्तालाई प्रक्राउ गरेको भन्दै बन्द आह्वान गरिएको हो ।
बिहान ५ बजेदेखि सुरु भएको बन्द साँझ ५ बजेसम्म जारी रहने नेकपा माओवादी चितवनकी इन्चार्ज शोभा कट्टेलले जानकारी दिनुभयो । बन्दका कारण चितवन भएर चल्ने कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । बजार, पसल, कलकारखाना, शैक्षिक संस्था पनि ठप्प छ । माओवादी कार्यकर्ता बन्द सफल बनाउन चोक चोकमा जम्मा भएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !