दशैंका लागि भेडाच्याङग्रा ल्याउन नेपाली व्यापारीहरु चिन पस्न थाले
http://sindhulidarpan.blogspot.com/2012/09/festival.html
सिन्धुपाल्चोक,असोज १२ ।
नेपालीहरुको चाड दशैं र तिहार नजिकिदै जाँदा भेडाच्याङग्रा ल्याउन नेपाली व्यापारीहरु अहिले तातोपानी नाका हुँदै चिन पस्न थालेका छन् । चाड पर्वको बेलामा मासुजन्य बस्तुको खपत बढी हुने भएकोले तातोपानी नाका भएर यो साता १५ जनाको टोली भेडाच्याङग्रा लिन चिन पुगेको छ । उनीहरुले १२ दिनको पैदल यात्रापछि भेडाच्याङग्रा नेपाल ल्याईपु¥याउने छ ।
चिनबाट ल्याईने भेडाच्याङग्रा भारतबाट ल्याईने खसी बोका भन्दा महंगो पर्ने भए पनि प्रत्येक वर्ष चाडवाडको समयमा मात्र ल्याईने भएकोले उपभोक्ताहरुले त्यसको मासु बढी रुचाउने व्यापारीरुको भनाई छ । अघिल्लो वर्ष दशैंमा करिब दस हजार भेडाच्याङग्रा भित्रीएका र यसपाली पनि लगभग उत्तिकै संख्यामा आयात हुन सक्ने अनुमान गरिएको अध्यागमन कार्यालय तातोपानीका प्रमुख जगन्नाथ शर्माले बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !