विपी राजमार्गमा तनाब
http://sindhulidarpan.blogspot.com/2012/09/bp.html
प्रकाश सुन्दास ,काभ्रे,असोज १४ ।
स्थिति सामान्य बनाउन वाग्मती अञ्चल प्रहरी कार्यालय जनागालबाट समेत व्यापक प्रहरी परिचालन गरिएपछि ठूलो सवारी साधन सञ्चान हुन स्थानीयले नदिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीले साना सवारी साधनलाई स्कटिङ गरेर गन्तव्यसम्म पु¥याउने प्रयास गरिरहेको छ ।
यात्रुवाहक बसको ठक्करबाट काभ्रेको मंगलटार गाविसमा एक स्कुले बालकको मृत्यु भएपछि विपी राजमार्ग तनावग्रस्त बनेको छ । प्रहरीले भकुण्डेमा अवरुद्ध राजमार्ग खुलाउन स्थानीय बासिन्दामाथि सामान्य बल प्रयोग गरेको छ । आफ्ना विद्यार्थीको मृत्यु भएपछि आक्रोसित बनेका अभिभावक, शिक्षक र विद्यार्थीहरुको ठूलो संख्यालले ढुंगा राखेर सडकमा अवरोध पु¥याएपछि भिड नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज प्रयोग गरेको बताएको छ ।
![]() |
| तस्विर:वाशु क्षितिज |
स्थानीयले भाडाका सवारी साधान चल्न नदिएपछि काभ्रेको सदरमुकाम धुलिखेल हुदैँ विपी राजमार्ग भएर सिन्धुलीसँगै तराईका जिल्ला जाने यात्रुहरु अलपत्र परेका छन् । नेपालथोकबाट बनेपा तर्फ आइरहेको ना १ ख ९३६७ नम्बरको यात्रुबहाक बसको ठक्करबाट मंगल जनविजय उच्च मावि मंगलटारको कक्षा १० मा पढ्दै गरेका भीमखोरी गाविसका १५ वर्षिय सञ्जिव तामाङको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा आज बाटोमा मृत्यु भएको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !