पहिरोमा परी एकै परिवारका ७ सहित १४ जना बेपत्ता



ईलाम,असोज १५ । 
मुसलधारे बर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको हर्कटे कोल्बुङ सडक खण्डमा गएराती गएको पहिरोले दुईवटा गाडि पुरेको छ । पहिरोले तीनवटा बगाएको छ । गाडी बनाउँदा १४ जना वेपत्ता रहेका छन् । वेपत्ता हुनेमा एकै परिवारका सात जना रहेका छन् । इलाम एफएमका अनुसार अहिले सम्म पाँच जनाको शव फेला परेपनि पहिचान भइसकेको छैन । वेपत्ता हुनेमा पाँचजना भारतीय नागरीक र ९ जना नेपाली यात्रु रहेको प्रहरीले जनाएको छ । कोल्बुङ १ मा पर्ने चिसापानीमा गएको पहिरोमा परी को १ च २६१९ र को १ च १६ १३ नम्बरको पिकअप पुरीएको छ । त्यस्तै मे १ च ११ ९६ नम्बरको पिकअप, मे १ ख ११ ९६ नम्बरको ट्रक र नम्बर खुल्न नसकेको एक–एक वटा अल्ट्रो र सेन्ट्रो कार बगाएको छ । 

जसमा फिक्कलका शरण प्रधान, मन्दिरा प्रधान, सुबास प्रधान, समाल्बुङका पदम प्रधान, तथा अजित योल्मु, रबि गुप्ता, सरोज तामाङ र भारत सुकियाका ग्याल्जे शेर्पाको सात जनाको परिवार बेपत्ता भएको जनाइएको छ । उनीहरुको नाम खुल्न सकेको छैन । शेर्पाको परिवार झापाको दमकबाट घर फर्कने क्रममा पहिरोमा परेको हो । मे १ च २६ १९ नम्बर पिकअपका चालक रोसन तामाङ घाईते अवस्थामा सम्पर्कमा आएको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ । 

उद्धारमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्थानिय बासिन्दा लागेका छन् । राति गएको पहिरोले त्यस क्षेत्रमा रहेका दुइवटा बिजुलीको पोल बगाउँदा कोल्बुङ गाबिस अहिले अन्धकार भएको छ भने, पहिरोको कारण राजमार्ग समेत अबरुद्ध भएको छ । झापा र इलाम तर्फबाट गएका दुबै डोजरले एउटा पिकअप जीपको निकालेको छ । हराइरहेका यात्रुहरुको खोजिकार्य र सडक खुलाउने कार्य एकसाथ अगाडी बढाइएको प्रहरीले बताएको छ । 

Related

राष्ट्रिय 2505628978689800510

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item