रात्री बस सञ्चालन हुदै
http://sindhulidarpan.blogspot.com/2012/09/bus_27.html
काभ्रे,असोज ११ ।
दशैको अवसर पारेर अरनीको यातायात सेवा समितिले राजधानी पूर्वका जिल्लाहरुमा रात्री बस सञ्चालन गर्ने भएको छ । ४० वर्षअघि देखि यातायात सेवा दिदै आइरहेको समितिले यात्रुको हितलाई ध्यानमा राखेर कातिक ५ देखि ८ गतेसम्म रात्री बस सञ्चालन गर्न लागेको समितिका सचिव श्याम लामाले जानकारी दिनुभयो ।
काठमाडौबाट–जिरी र मन्थलीसम्म रात्री बस सञ्चालन हुने लामाले बताउनुभयो । अरनीको यातायात सेवा समितिले दशैमा यात्रुहरुलाई सहज ढंगले गन्तब्य सम्म पु¥याउन ५ सय वटा बस सञ्चालन गर्ने बताएको छ । त्यस्तै असोज १ गते देखि नै अग्रिम टिकट बुकिङ खुल्ला गरेको समितिले जनाएको छ । अरनीको यातायात समितिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुङ्गा जिल्लामा यातायात सञ्चालन गर्दै आएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !