काठमाण्डौ राष्ट्रिय सास्कृतिक महोत्वस हुदै



काठमाडौ,  असोज  ११ ।

 नेपाली सस्कृतिक क्षेत्रको संरक्षण र सम्बर्दनको उदेश्यले शनिवार राजधानीमा मुलुकका चर्चित कालकार, गायकहरुको उपस्थितिमा बृहद राष्ट्रिय सास्कृतिक महोत्वस आयोजना हुने भएको छ । 
शान्ति सन्देश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रायोजनमा राष्ट्रिय लोक सास्कृतिक संघको आयोजनामा हुने महोत्वसवमा नेपालमा लोप हुन लागेका परम्परागत कला र सस्कृति देखि आधुनिक कला र सस्कृतिलाई प्रस्तुत गरिने विहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो  । 

नेकपा एमालेका नेता केपी शर्मा ओलीले शनिवार दिउसो ३ बजे राजधानीको राष्ट्रिय नाचघरमा उद्घाटन गर्ने  महोत्वसवमा नेपाली सिनेमाका सुपरस्टार भुवन केसी, गायिका अन्जु पन्त, लोकदोहोरी गायक बद्री पंगेनी, नवराज घोरासैनी, राजकुमार कार्की, राधिका हमाल, मन्जु गौतम, समिता केसी हास्य कलाकारहरु सिताराम कट्टेल र कुन्जना घिमिरे सहित अन्य ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने छ । 
संयोजक कार्कीले नेपाली कला र सस्कृतिको जर्गेना गर्दै नेपाली कलाकार र दर्शक विचको सुमधुर बनाउन काठमाडौबाट सुरु गरिएको यात्रालाई देशभरी  पुर्याउने योजना रहेको आयोजकले जनाएको छ । 

Related

मनोरञ्जन 8127929080302617966

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item