उन्नाईस यात्रुको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/09/plane-crash.html
सीता एयरको विमान दुर्घटना
काठमाडौं, असोज १२ । भक्तपुरको मनहरा खोला सुकुम्वासी वस्ती नजिकै सीता एयरको डोनियर जहाज आज दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । वस्ती नजिकै दुर्घटना भएको विमान उडान भरेको केही मिनटमै दुर्घटना भएको हो । सोलुखुम्बुको लुक्ला तर्फ यात्रु लिएर विहान ६ बजेर १५ मिनटमा उडेको विमानमा समस्या आएपछि सुरक्षित अवतरका लागि विमानस्थल तर्फ फर्केको थियो ।
जहाज विमानस्थल नपुग्दै करिव ६ बजेर १९ मिनटमा सुकुम्वासी वस्ती नजिक खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । विमानमा आगलागी भएपछि चालक दलले आकस्मीक अवतरण गरेको अनुमान प्रत्यक्षदर्शीको छ ।
![]() |
| तस्विर:फेसवुक |
दस बर्ष अघि पनि मनोहरा खोला नजिकै आजकै प्रकृति अनुसार विमान दुर्घटना भएको थियो । योसँगै डोनियर विमानको जहाज नेपाली आकाशमा छैटौं जाहाज दुर्घटना हो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !