अनेरास्ववियू सिन्धुलीद्धारा मूल्य वृद्धि रोक्न माग
http://sindhulidarpan.blogspot.com/2012/09/nepal.html
पोष्टराज पहाडी,सिन्धुली,असोज १२ ।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सिन्धुलीले चाडपर्वको मुखमा कृत्रिम अभाव सृजनागरी उपभोग्यवस्तुमा मूल्य वृद्धि बढेको भन्दै यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग माग गरेको छ ।
विहिबार प्रमुख जिल्ला अधिकारीलाई समक्ष ज्ञापन–पत्र बुझाउदै सो संगठनले चाडपर्वको मुखमा आएर फेन्सी, लत्ताकपडा, खाद्यान्न लगायतका वस्तुमा मूल्य बढाइएको भन्दै मूल्य वृद्धि रोक्न माग गरेको हो । यसैगरि ज्ञापन–पत्र मार्फत अनेरास्ववियू सिन्धुलीले बजार अनुगमनलाई प्रभावकारी ढंगबाट सञ्चालन गरिनुपर्ने, गाउ विकास समिती, इलाका आदि स्थानीय ठाउँमा भएका सेवा प्रदायक संस्था स्वास्थ्य चौकी, कृषि विकास, पशु आदि संस्थामा प्रमुखहरु अनिवार्य रुपमा बस्ने व्यवस्था मिलाउनुपर्ने माग राखिएको संगठनका अध्यक्ष टिकाजंग थापाले बताउनुभयो ।
यसैगरि चाडपर्वको अवसरमा यातायातमा लिने मनपरि भाडादर तत्काल रोक्नुपर्ने तथा विद्यार्थीलाई सार्वजनिक यातायातमा दिने ४५ प्रतिशत छुट दिइनुपर्ने, अपाङ्ग, वृद्ध–वृद्धा आदिलाई दिने सार्वजनिक सुविधा तुरुन्त लागु गर्नुपर्ने माग राखिएको थापाको भनाई छ ।
संगठनका अध्यक्ष थापाले प्रशासनलाई ध्यानाकर्षण गराउदा समेत आफ्ना मागहरु समयमै सम्बोधन नगरे आफुहरु चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने बताउनुभयो । उहाँले भन्नुभयो प्रशासनलाई ज्ञापन–पत्र मार्फत हामीले ध्यानाकर्षण गराएका छौ, यदि मागहरु समयमै सम्बोधन नगरिए आफुहरु आन्दोलनमा उत्रन बाध्य हुनेछौ ।’


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !