माओवादीले देशव्यापीरुपमा गर्ने भनेको आमसभा अनिश्चित
http://sindhulidarpan.blogspot.com/2012/09/news_28.html
काठमाण्डौ,असोज १२ ।
राष्ट्रिय स्वाधीनताको माग गर्दै नेकपा–माओवादीले आज देशव्यापी गर्ने भनेको आमसभा अन्यौलमा परेको छ । भक्तपुरमा भएको विमान दुर्घटनाका कारण आजका आमसभा स्थगन हुन सक्ने माओवादीले जनाएको छ ।
माओवादी सचिव देवप्रसाद गुरुङले आज आमसभा गर्ने कि नगर्ने भन्ने विषयमा छलफल चलिरहेको बताउनुभयो । राष्ट्रियता, राष्ट्रिय स्वाधीनताको माग गर्दै नेकपा माओवादीले आन्दोलन सुरु गरेको छ । हिजोदेखि माओवादीले भारतीय नम्बर प्लेटका गाडीहरु नेपालमा चल्न रोक लगाएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !