क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई




काठमाडौं, भदौ २६ ।

 कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली क्रिकेट टोलीले ठूलो र गौरवपूर्ण उपलब्धी हासिल गरेको भन्दै बधाई दिएका छन् ।

 आज शुभकामना सन्देस जारी गरेर भट्टराईले भनेका छन्, ‘समूह तीनमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरूलाई नेपाल सरकारको तर्फबाट बधाई दिन चाहन्छु ।’खेलकूदको माध्यमबाट नेपाल र नेपालीको शीर उँचो राखेको भन्दै उनले खेलाडी र प्रशिक्षकहरुको प्रशंसा गरेका छन् । क्रिकेट खेलमा प्राप्त उपलब्धीको सरकारले उच्च मूल्याङ्कनका साथ कदर गर्ने भट्टराईको आश्वासन छ ।

Related

राष्ट्रिय 6822570732341489753

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item