मलेसियामा काठमाण्डौ आउने यात्रु अलपत्र



काठमाण्डौ,भदौ २६ । 

वायुसेवा निगमको कर्णाली विमान बिग्रदा नेपाल आउन लागेका १ सय ९० यात्रु मलेसियाको  क्वालालमपुर विमानस्थलमा अलपत्र परेका छन् । आज बिहान उड्ने तयारीमा रहेको विमान बिग्रदा आज दिउँसो काठमाण्डु आइपुग्नुपर्ने यात्रुहरु क्वालालमपुरमा अलपत्र परेका हुन् ।

 विमानको दायाँ भागको इन्जिनमा समस्या आएको छ । विमान मर्मत गरेर उडान भर्न नेपाली ईन्जिनियरहरुको टोली मलेसिया जादैछ । ईन्जिनियर सुवास डाँगी, अर्जुनदत्त र  मनोज साहको टोली मध्यान्ह्  १२ः२० मा मलेसिया उड्ने नेपाल वायुसेवा निगमको लोड कन्ट्रोलले सीआईएनलाई जानकारी दिएको छ । लोड कन्ट्रोलका अनुसार आज बेलुका ५ बजे ममर्तका लागि नेपाली ईन्जिनियरहरुको टोली मलेसिया पुगेपछि आजै राति यात्रुहरु लिएर विमान नेपाल आइपुग्नेछ ।

Related

प्रमूखखबरहरु 7541558217347701437

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item