'यस्तो छ सिन्धुलीमा,विश्व शान्ती मैत्रीय पूजा' (फोटो फिचर)
http://sindhulidarpan.blogspot.com/2012/09/sindhuli_11.html
पोष्टराज पहाडी,सिन्धुली,भदौ २६ ।
सिन्धुलीमा सोमबारबाट विश्व शान्ती मैत्रीय पूजा आरम्भ भएको छ । बोधी धर्म श्रवण संघको आयोजनामा सोमबारबाट तिन दिने सो पुजा आरम्भ भएको हो ।
सो पुजामा बाराको हलखोरीया जंगलमा लामो तपस्या पश्चात सिन्धुली आइपुगेका तपस्वी रामबहादुर बम्जन (महासम्बोधी गुरु धर्म संघ)ले सो पुजामा आफ्नो करिब ७ मिनेट लामो धर्मादेशना (प्रवचन) दिनुभएको थियो । आफ्नो विगत ६ वर्ष १० महिना लामो तपस्याबाट प्राप्त गरेको ज्ञानलाई उहाँले सबैसामु प्रस्तुत गर्नुभएको थियो । ‘धर्म आफैमा पर्याप्त छैन, धर्म कुनै बुझ्ने तथ्या नभएर बोध गर्ने सत्य हो मनुष्यमात्रमा नभई सवै बनस्पती तथा पशुपक्षीमा समेत मैत्री भाव राख्न सकियो भने फलस्वरुप जिवन पर्यन्त मुक्ति प्राप्त गर्न सकिन्छ । बनस्पती र पशुपक्षी लगायत कसैलाई पनि भेदभाव गर्नु हुदैन ’ उहाँले सो धर्मादेशना मार्फत भन्नुभएको छ –‘धर्म र रितिस्थीतीका तथा संस्कारको नाममा प्राणी हत्या गर्नु हुदैन, यो सबैभन्दा ठूलो पाप हो । म र आफु भन्ने भावना त्यागेर सवै प्राणीको निम्ति जीवनयापन गरेमा मात्र सवैविच मैत्री भाव स्थापीत गर्न सकिन्छ र मृत्यु पश्चात मोक्ष प्राप्त हुन्छ ।’ सो प्रवचनको स्थानीय रेडियो तथा अन्य जिल्लाका रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
सो विश्व शान्ती मैत्री पुजाको लागी त्यस स्थललाई लुङ्दा, तोरण फहराई सजाइएको थियो । तपस्वी बम्जनको स्वागतको लागि प्रवचन दिने स्थल देखी करिव ५ सय मिटर टाढा सम्म पहेलो वस्त्र विछ्याइएको थियो । त्यस अवसरमा करिव १ सय ५० भन्दा लामाहरुले सम्बोटा लिखिमा लेखिएको धार्मीक छ्योई वाचन गर्नुभएको थियो । सो अवसरमा उहाँका अनुयायीहरुको उल्लेख्यमात्रामा उपस्थिती रहेको थियो । जो कोहिले भनेको बेलामा भेट्न नपाउने र भेट्दा पनि नबोल्ने उनको प्रवचन सुन्न तथा दर्शनभेटको लागि सिन्धुली जिल्ला लगायत नेपालका ३५ भन्दा बढी र विदेशी देशहरु अमेरिका, ताइवान, क्यानडा, अष्ट्रेलिया, इङ्ल्याण्ड, मेक्सिको, क्रोसिया, दक्षिण अमेरिका, ताइवान, मलेशिया, सिङ्गापूर, थाइल्याण्ड, जापान, फ्रान्स लगायत १९ मुलुकका अनुयायीहरुको उपस्थिती रहेको र सो क्रम जारी रहेको आयोजकले जनाएको छ ।
आगामी २७ गते सम्म सञ्चालन हुने सो पुजामा मंगलबार र बुधबार पनि बम्जनको दर्शनभेट गर्न पाइने जनाएको छ । महासम्बोधी गुरु धर्म संघ विगत तिन महिना देखी सिन्धुलीको काली खोलामा बस्दै आएका छन् ।








Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !