चौथी खेल्नेक्रममा रामेछापमा एकको मृत्यु



रामेछाप,असोज ४ ।  
रामेछापको टोकरपुर गाविसमा चौथी खेल्ने क्रममा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएको छ । मृत्यु हुनेमा टोकरपुर ९ स्थित रजमान निवासी १४ वर्षे विर बहादुर विसंन्खे रहेको जिल्ला प्रहरी कार्यालय मन्थलीका प्रहरी नायव निरिक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो ।

सोही वडाको राम श्रेष्ठको घरमा चौथी खेलेर  दौडने क्रममा भिरबाट लडे र मृत्युभएको थापाले वताउनुभयो । सँगै गएको सोही गाविसका १२ वर्षे केदार मग्राती र १३ वर्षे चित्र बहादुर विसंन्खे घाईते भएका उहाँले वताउनुभयो । घाईते २ जनाको स्थानिय टोकरपुर स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । मृतकको पोष्टमार्टमका लागि सदमुकाम मन्थली ल्याईएको प्रहरी नायक निरिक्षक थापाले बताउनुभयो । मृतकको टाउको र पेटमा चोट लागेको छ । घटना के करण भएको हो भन्ने थप विवरण आउन भने अझै बाकी रहेको थापाले बताउनुभयो ।

Related

विविध 8033262692152007991

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item